किन हो ?

किन हो ?


✍ रामचन्द्र ढकाल

आएनौ खाएनौ, लाएनौ किन हो
चाएनौ छाएनौ, पाएनौ किन हो ?

धुमधाम बिहे, रतेली चलेको
गाएनौ बाएनौ, धएनौ किन हो ?

बरियात ठूलो, बन्दुक र बाजा
उठेनौ चुठेनौ, जुटेनौ किन हो ?

भरिला कल्चौँडा, रसिला गोठमा
दुएनौ धुएनौ, फुएनौ किन हो ?

खलियो देखेको, खोरिया भरी नै
बालेनौ चालेनौ, टालेनौ किन हो ?

पुजा रे गाउँमा, पञ्चामृत चाहियो
पालेनौ थालेनौ, हालेनौ किन हो ?