आजको पञ्चाङ्ग एवम् राशिफल (१९ चैत्र २०७९ आइतबार, २ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ चैत्र २०७९ आइतबार, २ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र १९ गते आइतबार तद्अनुसार सन् २०२३ अप्रिल २ तारिख चैत्र शुक्ल पक्षको द्वादशी तिथि मघा नक्षत्र शूल योग बब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः५६ मा र सूर्यास्त साँझ १८ः२१ बजे हुनेछ । वैष्णवहरुको कामदार एकादशी व्रत ।

आजको राशिफल

मेष – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तर, आज काममा झमेलाको सामना गर्नुपर्ने योग पनि छ । काममा व्यवधान पु¥याउन खोज्नेहरू सक्रिय रहलान् । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – पराक्रम बढनुको साथै अधुरा काम पूरा हुने दिन छ । नयाँ योजनाका कार्य पनि आरम्भ होलान् । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुने र सन्तानसुख मिल्ने समय छ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पराक्रम वृद्धि हुने र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्ने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्रायः सबै कामहरू बन्नेछन्, काममा साथ–सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आमदानिको नयाँश्रोत फेला पर्नेछ । इष्टमित्र एवम् सन्तानसुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्यमा कमजोरी र धननास हुने योग छ । विवाद बढ्ने र काममा अवरोध आउने सम्भावना छ । तथापि, मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुने दिन छ । काममा मित्र एवम् परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ । धनलाभ होला । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । आजको दिन अचानक धनलाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति मिल्ला । विशेष काममा सफलता मिल्नेछ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – मनोरञ्जनका साथ दिन बित्नेछ । सुखद यात्राको योग छ । परिवारमा खुशिको माहोल छाउनेछ । मित्रजनको साथले मन हर्षित हुनेछ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुने योग भए पनि आज खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । दैनिक प्रयोगको सामान बिग्रिएर अर्थहानी हुन सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनिसताउन सक्छ, सावधान रहनुहोला । कठोर मिहिनेतले काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

धनु – शुभता र सौभाग्य बढ्नेछ । रोकिएको काम बन्ने समय छ । आफन्तसँगको भेटघाटले मन प्रफुल्ल रहला । मानप्रतिष्ठा तथा सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर अरुको काम धेरै गर्नुपर्ला । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।

मकर – उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास होला । व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्य पनि सबल रहला । मिठो भोजन प्राप्त हुनेछ । रसराग एवम् प्रेममा सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला ।

कुम्भ – शुभता बढ्नेछ । नयाँ कामको योजना बन्ला । ब्यापार–ब्यवसायबाट लाभ मिल्ने देखिन्छ । काममा जाँगर बढ्नुका साथैे मन प्रफुल्ल रहला । काममा आफन्तजनको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि हुनेछ ।

मीन – आजको दिन त्यति शुभदायी नरहला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावनाका साथै चोटपटकबाट जोगिन पनि विशेष सचेतना अपनाउनु पर्ला । तपाईंको बारेमा टीकाटिप्पणी गर्नेहरु सक्रिय रहलान् । तथापि, पराक्रम वृद्धि हुनेछ भने रसरागमा आकर्षण रहला । समस्याको समाधान प्राप्त हुनेछ ।