आजको पञ्चाङ्ग एवम् राशिफल (२३ चैत २०७९ बिहीबार, ६ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ चैत २०७९ बिहीबार, ६ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २३ गते बिहीबार तद्अनुसार सन् २०२३ अप्रिल ६ तारिख चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि १०ः१३ पर वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि हस्ता नक्षत्र १३ः०० पर चित्रा नक्षत्र व्याघात् योग बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा राशिमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा र सूर्यास्त साँझ १८ः२३ बजे हुनेछ । देवीयात्रा, हनुमान जयन्ती ।

आजको राशिफल

मेष – आजको दिन राम्रो छ । नयाँ कामको थालनीका लागि शुभ समय छ । कर्ममा जोश र जाँगर बढ्ला । कामहरू सजिलैसँग बन्नेछन् । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । कार्यव्यापारमा सफलता प्राप्त होला । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रेमभाव वृद्धि हुने समय भए पनि आजको दिन त्यत्ति शुभदायी नरहला । पेशागत समस्याका साथै अनावश्यक वादविवादको सामना गर्नु पर्ला । घरपरिवारमा पनि केही मनमुटाव रहन सक्छ, सावधानीपूर्वक व्यवहार गर्नु हितकर रहनेछ । इष्टमित्रको साथ भने प्राप्त हुनेछ । प्रयास गरे पनि ब्यर्थमा समयको नाश हुन सक्ने योग भएकोले धैर्यशाली रहनुहोला ।

मिथुन – व्यस्तता वृद्धि हुनेछ । आज सामाजिक काममा नाम रहने योग छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ, तर मनमा दुविधा रहन सक्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । ब्यापारमा पनि घाटा सहनुपर्ला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – पराक्रम वृद्धि हुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । चल–अचल सम्पत्तिको कारोबार हुनेछ । वैवाहिक जीवन सुखमय रहला । रसरागमा आकर्षण बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने दिन । यात्राको पनि योग रहेको छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने दिन छ । मन शान्त रहला । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । पराक्रम वृद्धि होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको पन वृद्धि हुनेछ ।

कन्या – समय राम्रो भएपनि आज खर्च बढ्ने, विवाद बढ्ने तथा विरोधिपक्षले सताउने योग छ, सजक रहनुहोला । आज स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । तथापि, प्रयासरत काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – प्रयत्न गरेका काम ढिलै भए पनि सफलता मिल्नेछ । दिन खुशीसाथ बित्नेछ । आज ठुला ब्यक्तिसँग भेटघाट हुन पनि सक्छ । खर्च भने बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नुका साथै बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय राम्रो छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज धनलाभको योग पनि छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुने सम्भावना छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आज मनोरञ्जनका साथ दिन बित्ने योग छ । रमणीय र सुखद यात्रा होला । धन आर्जन हुनेछ । कृषिको कामबाट विशेष लाभ होला । आज कुनै नयाँ काम र लेनदेको कामचाहिँ शुरु नगर्नु हितकर हुनेछ । कर्मबल बढ्नेछ । इष्टमित्रको सहयोग–समर्थन प्राप्त हुनेछ ।

मकर – आजको दिन कुनै पनि कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ । टाढाको यात्रा पनि नगर्नु हितकर हुनेछ । व्यर्थको खर्च हुने समय छ । स्वास्थ्यमा गडबडीकोे सम्भावना रहेकोले खानपानमा विशेष ध्यान दिनुहोला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – भागदौड बढ्नेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केही दुविधा रहला, र पनि काममा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – आरोग्यता र दाम्पत्यसुख बढ्नेछ । सोचेअनुरुप कमाइ हुने दिन छ । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त होला ।