आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०७९ शनिबार, ८ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०७९ शनिबार, ८ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २५ गते शनिबार तद्अनुसार सन् २०२३ अप्रिल ८ तारिख वैशाख कृष्ण पक्षको द्वितीया तिथि स्वाती नक्षत्र वज्र योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः४९ मा भयो र सूर्यास्त साँझ १८ः२४ बजे हुनेछ ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रमबाट अरुको विश्वास जित्न सकिनेछ । परोपकारमा मन जाला । प्रेममा सफलता मिल्ने समय छ । मित्रजनको साथ प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दिन मनोरञ्जनपूर्ण रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । प्रेममा सफलता पाउने र वैवाहिक बन्धन बलियो बन्ने योग छ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ । आरोग्यता वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – प्रेमभाव वृद्धि हुने समय भए पनि गलत विचार बढ्ने समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कामको बोझले थाकेको महसुस होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । सामाजिक काममा नाम रहने छ । व्यापारमा सफलता मिल्ला । धनलाभ हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मान सम्मान मिले पनि मनमा डर रहने योग पनि छ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिन सुखमय तवरले बित्ने देखिन्छ । काम बनेर मन रमाउने समय छ । ठूला व्यक्तिले तपाईंबाट आशा–भरोसा गर्नेछन् । बोलीकै भरमा महत्वपूर्ण काम हुन सक्छन् । पराक्रम वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – सोच्दै नसोचेको स्थानबाट लाभ हुने दिन छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । सहयोग र नयाँ मित्रको आगमनले अन्ततः आफ्नो मन प्रशन्न हुनेछ, अन्य विविध फाइदा पनि हुन सक्छ । समय मनोरञ्जनपूर्ण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ ।

तुला – आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ । तर नोकरी र राजनीतिमा भने केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्नेछ । काममा सफलता मिल्नेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – दिन शुभदायी छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । साहसक र कठिन काममा सक्रियता बढ्नेछ भने पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – सौभाग्य र आयबल बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुट्नुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । रोकिएको काम बन्नेछ । धनको आगमन भइरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – कर्मबल बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कमाइ रामै्रसँग हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – समय त्यति राम्रो छैन । स्वास्थ्य बिग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । गलत विचार बढ्नेछ, समयमा सही निर्णय गन सकिँदैन । तथापि, सुखसुविधा र विलासिताका सुविधा उपलब्ध होलान् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त गर्नुहुनेछ ।

मीन – दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने र काममा अवरोध आउने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जोखिम बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।