आजको पञ्चाङ्ग एवम् राशिफल (२६ चैत २०७९ आइतबार, ९ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ चैत २०७९ आइतबार, ९ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र २६ गते तद्अनुसार सन् २०२३ अप्रिल ९ तारिख आइतबार बैशाख कृष्ण पक्षको तृतीया तिथि ९ः३१ पर चतुर्थी तिथि विशाखा नक्षत्र सिद्ध योग बब करण आनन्दादिमा उत्पात योग चन्द्रमा तुला राशिमा ८ः८ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः२५ बजे हुनेछ । साँखु यात्रा, स्वामीशशिधर जन्मजयन्ती ।

आजको राशिफल

मेष – लगनशीलताले काममा उत्साह जगाउने दिन छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिएला । व्यवसायिक भ्रमण हुन सक्छ । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । जोखिम बढे पनि नयाँ काम सुरु गर्ने समय छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुने दिन छ । सहयोगीहरूको साथ राम्रै मिल्ला । व्यापार–व्यवसायमा पनि फाइदा होला । तपाईंका कामबाट अरु आकर्षित हुनेछन् । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने अधुरा काम बन्नेछन् । प्रेमभाव र परिवारिक सुख बढ्नेछ । उत्साह वृद्धि होला ।

मिथुन – आजको दिन सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन्, सचेत रहनुहोला । बोकै कारण समस्या उत्पन्न हुन सक्ने भएकोले विचार पु¥याइ अभिव्यक्ति दिनुहोला । सामाजिक प्रतिष्ठा मिल्ने योग छ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला । समस्याको समाधान भने प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – समय चुनौतीले भरिएको छ । सहयोगीहरूले साथ छाड्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । तर, पहिलेका कमजोरीलाई भने सुधार गर्न सकिनेछ । शिक्षा क्षेत्रमा सफलता मिल्ने योग छ । ब्यापारबाट पनि लाभ नै हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यस्तता बढ्नेछ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । आम्दानी बढ्ने समय छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्ला । प्रतिष्ठा बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – पराक्रम वृद्धि हुनेछ । रोकिएका काम बन्नेछन् भने दिगो फाइदा हुने जिम्मेवारी हात पर्ला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो र आरामदायी यात्राको योग छ । बोलीमा भने सजगता अपनाउनुपर्नेछ, अन्यथा झुटो आरोप लाग्न सक्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – स्वास्थ्यप्रति सजग रहनुपर्ने समय छ । काममा भने परिस्थितिले साथ दिनेछ । पिडा दिनेहरु सक्रिय रहेकाले सावधान रहनु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । अघिपछिको तुलनामा आजको दिन विशेष योजना र बजेट बनाइ काम गर्नुहोला ।

वृश्चिक – अलिक प्रतिष्पर्धात्मक समय भए पनि कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । कोशिस गर्दा खास अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु – लगानी बढ्नेछ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – आरोग्यबल बढ्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भए पनि चोटपटक लाग्न सक्छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । परिवारिक सुख बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – नयाँ काम सुरु गर्ने समय छ तर खर्चको मात्रा भने बढ्न सक्छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुन सक्छ । झमेला, विवाद र चोटपटकको योग छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनुहोला । आरोग्यता वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।

मीन – चुनौतीपूर्ण समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने स्वास्थ्यमा पनि सामान्य समस्या देखापर्न सक्छ । अध्ययन तथा अध्यापनका कार्यमा त्यत्ति ध्यान दिन नसकिएला । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा भने सफलता प्राप्त होला । आर्थिकसुख बढ्नेछ । सुख विलासमा मन जाला ।