जति मानिस भेटेपनि, जति जानकारी राखे पनि मुलुकको नागरिकको हैसियतले मात्रै यो विषयमा केही गर्न सकिँदैन । यो देशमा जन्मिएका लाखौँ युवाको भविष्य र जिन्दगी सांसदहरूको हातमा छ । त्यसैले संसद्मा नागरिकता विधेयकलाई अत्यन्त जरुरी र संवेदनशील विधेयकको रुपमा प्राथमिकतामा राखेर पास गरी कानून कार्यान्वयनमा ल्याइनु जरुरी छ ।
✍ बबिता बस्नेत
अविवाहित आमाबाट जन्मिएका र पितृत्वको ठेगान नलागेका सन्तानलाई मावलीको थरबाट जन्म दर्ता गर्ने राज्यको निर्णय विवादित बनेपछि अन्ततः आमाको थर राखेर जन्म दर्ता हुने भएको छ । अहिलेको सन्दर्भमा जन्म दर्ता नागरिकताप्राप्तिको आाधार हो । नेपालमा जन्मिएका, नेपाली बाबुआमाका हजारौँ सन्तान यही जन्म दर्ता नभएका कारण नागरिकताबाट वञ्चित छन् । नागरिकता राज्यले आफ्ना नागरिकलाई ‘तिमी यो देशको नागरिक हौ’ भनेर दिने दस्तावेज हो । जुन दस्तावेज नपाएका कारणले यो देशमा जन्मिएका धेरै नागरिकले जिन्दगीमा नसोचेको भुक्तमान खपे, खपिरहेका छन् । आफ्नै देशमा अनागरिक बनेँ, बनिरहेका छन् । नागरिकताको मुद्दा तराईको मात्र थिएन, होइन । यो हिमाल, तराई, पहाड, उपत्यका नेपाली नागरिक बसोबास गर्ने सबै भूभागको मुद्दा हो । महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सबै यसबाट प्रभावित छन् । धेरै वर्षदेखि बहसको विषय बन्दै आएको नागरिकतासम्बन्धी कानून २०७८ साल जेठ ९ गते अध्यायदेशमार्फत आएर पनि कार्यान्वयनको चरणमा प्रवेश गर्न पाएन । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक लामो समय संसद्मा रोकियो, पछि २०७९ साल श्रावणमा संसद्बाट पास भएर प्रमाणिकरणका लागि राष्ट्रपतिसम्म पुगेपछि राष्ट्रपतिबाट रोकियो । संविधानको कार्यान्वयनका क्रममा अन्य जतिपनि कानूनहरू बने तिनकै लहरमा यो विधेयक पनि संसद्मा पुग्यो तर छलफलका नाममा छल मात्रै भयो फल निस्किएन ।
पितृसत्ताले हाम्रोजस्तो मुलुकका महिलालाई दुई भागमा विभाजित गरेको छ, असल महिला र खराब महिला । समाजले परिभाषित गरेका असल स्वास्नीमान्छे ती हुन् जो सुन्दर, सुशील र सहनशील हुन्छन् । खराब महिला ती हुन् जो कुनै विषयमा फ्याट्टै बोलिहाल्छन्, श्रीमान् या घरका सदस्यहरूले भनेको मान्दैनन्, आफै निर्णय गर्छन्, घरबाहिर बढी समय बिताउँछन् या यस्तै केही…, लेख्दै गयो भने सूची लामो हुन सक्छ । यसलाई यसरी पनि भन्न सकिन्छ, विगतमा पुरुषले जुन काम गर्दा सामान्य मानिन्थ्यो ति काम महिलाले गरे भनें खराब महिलामा गणना हुन्थ्यो । पुरुषलाई हाम्रो समाजले असल र खराब भनी दुई भागमा विभाजित गरेन । कुनै पुरुषलाई खराब भन्न मादक या लागु पदार्थ खाएर पुग्दैन, नालीमै ढल्नुपर्छ । असल महिला जे-जे गुणले भरिपुर्ण हुन्छन् भनी ब्याख्या गरियो, त्यही आकारमा महिलाहरूलाई राख्नका लागि अनेक अलिखित नीति-नियमहरू बने । पुरुष र महिलालाई हेर्ने मापदण्ड फरक बन्यो । अहिलेसम्म यसप्रकारका मापदण्ड र दृष्टिकोणहरू जारी छन् । उदाहरणका लागि धुम्रपान, मद्यपान जसले गरेपनि राम्रो होइन तर महिलाले गर्दा ‘खराब महिला’मा गनिन्छ, पुरुषले गर्दा सामान्य कुरा मानियो, मानिन्छ । खराब मात्र होइन, ‘यो गतिली होली र ?’ भनेर सिधै उसको चरित्रमाथि प्रश्न उठाइन्छ । जसले खाएपनि चुरोट, रक्सीको सम्बन्ध स्वास्थ्यसँग छ, चरित्रसँग होइन ।
पितृसत्ताले दुई भागमा विभाजित गरेका महिलालाई आमाको रूपमा नेपालको संविधान २०७२ ले नागरिकताका सवालमा तीन भागमा विभाजित गरिदिएको छ- बाबु पहिचान नभएकी नेपाली आमा, विदेशी बाबु भएकी नेपाली आमा, नेपाली बाबु भएकी नेपाली आमा । अब यसमा अर्को एक प्रकार थपियो- बाबु पत्ता नलागेकी अविवाहित आमा । बाबुको रूपमा पुरुषको कुनै प्रकार छैन । जसलाई विवाह गरेर सन्तान जन्माएपनि उ बाबु मात्रै हो । जुन राम्रो कुरा हो, यसमा हुनुपर्ने चाहिँ आमा पनि यस्तै नै थियो । जोसँग विवाह गरेर या नगरी सन्तान जन्मिए पनि आमा मात्रै हुनु पर्ने थियो । तर, त्यस्तो भएन ।
कतिले विषयप्रतिको गम्भीरता बुझ्दैनबुझी अन्धाधुन्ध विरोध गरे । राज्यसत्तामा बस्नेलाई मुलुकले के-कस्ता नीतिहरू अपनाइरहेको छ र हामी के गरिरहेका छौँ भन्ने थाहै नपाइ सत्ता टिकाउने खेलमा रमाइरहे, अहिलेसम्म यो क्रम जारी नै छ । टेष्टट्युब बेबीलाई वैद्यता दिने राज्यले बाबुको पहिचानबिना नागरिकता नदिने कानून ल्याउनु आफैंमा आश्चर्यजनक हो ।
पछिल्लोपल्ट २०७९ श्रावण ६ गते संसद्बाट पास भएको नागरिकता विधेयकमा नेपाली आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको ब्यक्तिलाई बंशजको आधारमा नागरिकता दिने भनिएको छ । जुन कुरा २०७२ को संविधानमै उल्लेख गरिएको छ । संवैधानिक ब्यवस्था भएपनि कानून नबन्दा धेरै युवाहरू अनागरिक बनेका छन् । बाबु पहिचान नभएको मात्र नभइ बाबु पहिचान हुँदाहुँदै पनि नागरिकता नदिएका युवाहरूको सङ्ख्या ठुलो छ । कतिचाहिँ बच्चा सानै हुँदा पतिसँग सम्बन्ध विच्छेद गरी पतिको थातथलो छोडर अन्यत्रै बसेका आमाहरू छन् । त्यस्ता आमाहरूले आफ्नो सन्तानलाई नागरिकता दिलाउन सकेका छैनन् । गर्भवती अवस्थामै पतिसँग छुट्टिएर बसेका महिलाहरूले सन्तानको जन्मदर्ता कहाँ गराउने ? पतिबाट ज्यान जोगाएर एउटा जिल्लाबाट अर्कै जिल्लामा पुगेका त्यस्ता महिलाहरूले सन्तानलाई नागरिकता दिलाउन नसक्दा ठुलो सङ्ख्यामा त्यस्ता युवहरू टेलिफोनको सिमकार्डसमेत लिन नपाइ अनागरिक भएर बाँचिरहेका छन् । सन्तानलाई नागरिकता दिलाउन नसक्नुको मूल्य नेपाली महिलाहरूले हामीले सोच्नै नसक्ने प्रकारले चुकाइरहेका छन् । कतिले आफ्नै सन्तानको फ्रष्ट्रेशन आँखा अगाडि हेरेर लाचार अवस्थामा रहनु परेको छ, कतिले उक्त फ्रष्ट्रेशनका कारण उत्पन्न अपमान सहनुपरेको छ । यो पङ्क्तिकारले भेटेका, कुरा सुनेका महिलाहरूको वास्तविकता अर्कै संसारको कथाझैँ लाग्ने खालका छन् । जति मानिस भेटेपनि, जति जानकारी राखे पनि मुलुकको नागरिकको हैसियतले मात्रै यो विषयमा केही गर्न सकिँदैन । यो देशमा जन्मिएका लाखौँ युवाको भविष्य र जिन्दगी सांसदहरूको हातमा छ । त्यसैले संसद्मा नागरिकता विधेयकलाई अत्यन्त जरुरी र संवेदनशील विधेयकको रुपमा प्राथमिकतामा राखेर पास गरी कानून कार्यान्वयनमा ल्याइनु जरुरी छ ।
आमाकै नाममा नागरिकता किन ? भनेर यो देशमा गर्नै नपर्ने बहस धेरै वर्षसम्म भयो । विगतमा महिलाहरू पुरुषमा आश्रित हुने हुँदा नागरिकताको आवश्यकता नै परेन । समयक्रममा महिलाहरू आफ्नै खुट्टमा उभिन थाले, आफ्नै संसारको परिकल्पना गर्न थाले । महिलाको सार्वजनिक जीवन हुन थाल्यो । जग्गा-जमिन, घर मात्र होइन सवारी साधनदेखि बैंक ब्यालेन्स हुँदै जीवनबिमासम्म आफ्नै हुन थाल्यो । अनि कसैले चाहेर, कसैले नचाहेर पारिवारिक जीवन पनि आफ्नै प्रकारको हुन थाल्यो । आफूले जन्माएको सन्तानलाई आफैले हुर्काउन, बढाउन र शिक्षा दिन सक्छु भन्ने हिम्मत गर्न थाले । जसका कारण राज्यले अपनाउँदै आएका नीति-नियमहरू फरक गर्नुपर्ने अवस्थाको सिर्जना भयो । त्यसैले हिजो हजुरआमा, आमा पुस्तालाई खासै चासो नभएको नागरिकता नेपाली महिलाका लागि अहिले नभइ नहुने दस्तावेज बन्न पुग्यो ।
कतिले आमाको नामबाट नागरिकता दिने कुरालाई राष्ट्रियतासँग जोडेर हेरे । कतिले विषयप्रतिको गम्भीरता बुझ्दैनबुझी अन्धाधुन्ध विरोध गरे । राज्यसत्तामा बस्नेलाई मुलुकले के-कस्ता नीतिहरू अपनाइरहेको छ र हामी के गरिरहेका छौँ भन्ने थाहै नपाइ सत्ता टिकाउने खेलमा रमाइरहे, अहिलेसम्म यो क्रम जारी नै छ । टेष्टट्युब बेबीलाई वैद्यता दिने राज्यले बाबुको पहिचानबिना नागरिकता नदिने कानून ल्याउनु आफैंमा आश्चर्यजनक हो । नागरिकताको सवालमा हाम्रो संविधानमै त्रुटी छ । यद्यपि आमाको नाममा सहज रूपमा नागरिकता पहिलो र दोश्रो संविधानसभामा निकै छलफल भएको विषय हो । संविधानमै नेपाली आमाका प्रकार उल्लेख हुनु निकै गम्भीर कुरा हो । समयक्रममा यसमा पनि संशोधन हुनुपर्छ ।
प्रतिक्रिया