आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०७९ बिहीबार, १३ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०७९ बिहीबार, १३ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०७९ चैत्र ३० गते तद्अनुसार सन् २०२३ अप्रिल १३ तारिख बिहीबार बैशाख कृष्ण पक्षको अष्टमी तिथि पूर्वाषाढ़ा नक्षत्र शिव योग बालव करण आनन्दादिमा धाता योग चन्द्रमा धनु राशिमा १५ः३२ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा र सूर्यास्त साँझ १८ः२७ बजे हुनेछ । अष्टमीव्रत, गोरखकाली पूजा, भ.पु. विश्वध्वजोत्थान ।

आजको राशिफल

मेष – आजको दिन धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्ला । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, तथापि छरछिमेकमा देखिएको असमझदारी समाधान होला । नयाँ दायित्व प्राप्त गर्नुहुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त होला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आयआर्जन बढ्ने समय छ । उठ्नुपर्ने रकम पनि हातलागी हुने सम्भावना छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या पैदा होला । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने योग रहेकोले सावधानीपूर्वका काम गर्नु हितकर हुनेछ । जोखिम बढे पनि काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धिमूलक बन्नेछ । काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – सामर्थ्य बढ्ने दिन छ । आरोग्यता पनि वृद्धि होला । परिश्रमको राम्रो मूल्यांकन हुने समय छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । सुख सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आज पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुने योग छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहलान् । तथापि, खर्चका बाबजुद दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । खेलकूदमा भाग लिनुहुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – व्यस्तता वृद्धि हुनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । साना व्यक्तिको सहयोगबाट ठूलै फाइदा उठाउन सकिएला । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । धन वृद्धि होला । पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – पराक्रम वृद्धि हुने समय छ । शुभ काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – परिवारजनसँग आत्मीयता बढ्ने र पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । तथापि, आर्थिक अभावले सताउन सक्छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन्, सावधान रहनु हितकर होला । दाम्पत्य सुख बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । सुख सुविधाको बस्तु खरिद गर्नुहोला ।

धनु – आजको दिन व्यापारमा फाइदा हुने योग भए पनि आर्थिक अभावले सताउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – व्यस्तता वृद्धि हुनेछ । चुनौती बढ्न सक्छन्, धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । नाताकुटुम्बको सहयोग प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – कर्मबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ला । कर्ममा सफलता र धनलाभको समय छ । श्रमको उचित मूल्यांकन होला । रोकिएका काम सुरु हुनेछन । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । सन्तानबाट सुख मिल्ने योग छ । रसरागमा आकर्षण बढ्ला ।

मीन – कर्मबल वृद्धि हुनाले धन आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आफन्तको साथ कमै मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा भने सफलता मिल्ला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।