आजको पञ्चाङ्ग एवम् राशिफल (५ वैशाख २०८० मंगलबार, १८ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ वैशाख २०८० मंगलबार, १८ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख ५ गते मंगलबार तद्अनुसार सन् २०२३ अप्रिल १८ तारिख बैशाख कृष्णपक्षको त्रयोदशी तिथि उत्तरा भाद्रपद नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादियोगमा सिद्धि योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ बजे र सूर्यास्त साँझ १८ः२९ बजे हुनेछ । भक्तपुरमा भैरवभद्रकाली रथयात्रा समापन, दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस ।

आजको राशिफल

मेष – प्रेमको बन्धन कसिने समय छ । धन आर्जनको अवसर पनि मिल्ने देखिन्छ । कुनै काम रोकिएका छन् भने पुनः प्रयास गरे सफलता मिल्नेछ, प्रयत्न गर्नुहोला । परिवारजनको साथ मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विलासी काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृष – मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्ने सम्भावना छ । नजिकका मित्रजन टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । आयबल बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – कर्मबल बढ्नेछ । काममा हौसला मिल्नेछ, मित्रहरूको सहयोग पनि मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने दिन छ । आर्थिक अभावले भने सताउन सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ, संयम राख्नुहोला । आरोग्यता वृद्धि हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि रहला ।

कर्कट – चुनौतीपूर्ण समय छ । कामको बोझ थपिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरुको जथाभावी विश्वास आजको दिन नगर्नु नै हितकर हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । मानसम्मान ख्याति फैलिनेछ ।

सिंह – आजको दिन कार्यमा जोखिम र दौडधुप बढ्नेछ । कार्यबोझ वृद्धि होला । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नेछ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । आफन्तसित भेटघाट होला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – मेहनतले धेरै काम बनाउन सकिने समय छ । बोलीको प्रभावले फाइदा उठाइएला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्ने दिन छ । रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । दाम्पत्य सुख वृद्धि हुनेछ । आरोग्यता बढ्नेछ । हासविलासमा रुची बढ्नेछ । आशा उत्साह थपिनेछ ।

तुला – अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्ने दिन छ । सवारीसाधन चलाउदा सावधान रहनु आजको दिन विशेष हितकर होला । आरोग्यता वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । गरिरहेको काममा केहि समस्या पर्न सक्छ । योजनाहरू गोप्य राखी काम गर्नुहोला । प्रेमभाव वृद्धि हुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सन्तानसुख बढ्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । मन उत्साहित रहनेछ तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पराक्रम बढ्नेछ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउने समय छ । तपाईंको कामको प्रशंसा हुनेछ । नाम र इनाम हातपर्ने योग छ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । रसरागमा रुचि बढ्ला । रचनात्मक कार्यमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्ला ।

कुम्भ – दिन राम्रो छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला । आर्थिक पक्ष बलियो बन्नेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि सोचविचार राख्नुहोला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।