स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल भर्ना गरियो

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल भर्ना गरियो


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उहाँलाई मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियालाई उद्धृत गर्दै राससले जनाएअनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उपचार जारी छ ।