आजको पञ्चाङ्ग एवम् राशिफल (९ वैशाख २०८० शनिबार, २२ अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ वैशाख २०८० शनिबार, २२ अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख ९ गते शनिबार तद्अनुसार सन् २०२३ अप्रिल २२ तारिख बैशाख शुक्ल पक्षको द्वितीया तिथि कृतिका नक्षत्र आयुष्मान योग तैतिल करण आनन्दादियोगमा ध्वज योग चन्द्रमा मेष राशिमा ५ः५६ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३५ मा र सूर्यास्त साँझ १८ः३२ बजे हुनेछ । परशुराम जयन्ती, अन्तर्राष्ट्रिय पृथ्वी दिवस ।

आजको राशिफल

मेष – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । आश्वासन दिएर फसाउनेहरू सक्रिय रहन सक्छन्, सचेत रही व्यवहार गर्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । मित्रजनको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनको अवसर आए पनि आज त्यसमा नअल्मलिनु नै शुभकारी हुनेछ । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – महत्वपूर्ण काममा बाधा वुग्न सक्ने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । हित चिताउने पात्रहरूले दुःखमा साथ दिनेछन् । पहिलेका पुरानो समस्या दोहोरिन सक्ने योग रहेकोले धैर्यता अपनाउनु होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । मित्रजन एवम् सन्तानको सुख प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आज विभिन्न अवसरले पछ्याउनेछन् । नसोचेको ठाउँबाट धनलाभ हुने सम्भावना छ । ब्यापार ब्यवसायमा पनि प्रशस्तै लाभ होला । कर्मको उचित प्रतिफल मिल्ला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मेहनतले राम्रै उपलब्धि दिलाउने योग छ । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – रमाइलो यात्रा गर्ने अवसर जुट्ने र कामको चापबाट पनि फुर्सद मिल्ने समय भए पनि आजको प्रयत्नबाट उपलब्धि उठाउन मुस्किल पर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । मेहनतीजनका लागि समय उत्साहजनक रहनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मिठो भोजन मील्नेछ ।

सिंह – कार्यबोझ वृद्धि हुने दिन छ । स्वास्थ्यका लागि आज खानपानमा सावधान रहनु हितकर होला । अरूकै काममा समय बित्न सक्छ, ध्यान राख्नुहोला । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । सानातिना घरेलु काममै समय बित्न सक्छ । शुभ समाचार प्राप्त हुनेछ भने आफन्तसित भेटघाट हुन सक्छ । सन्तानको सुख प्राप्त हुनेछ ।

कन्या – आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले आज विवेकपूर्ण ढंगले व्यवहार गर्नेतर्फ विशेष ध्यान दिनुहोला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ, भ्रमणको योजना त्याग्नु नै बेस होला । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । साझेदारीको कार्य बन्नेछ । विलासमा रुचि बढ्नेछ ।

तुला – दौडधुप वृद्धि हुनेछ । साझेदारीमा फाइदा होला । दिगो योजना प्रारम्भ हुन सक्छ तर मौकाको फाइदा उठाउन विशेष परिश्रम लगाउनुपर्ला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । यात्रामा विशेष लाभ हुनेछ । रोकिएको कार्य बन्ला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुहोला । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ ।

धनु – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । प्रयत्न गर्दागर्दै पनि सफलता हात लाग्ला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । देखिएको समस्याको समाधान गर्नुहुनेछ ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । आज व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । शत्रु र रोगबाट छुटकारा मिल्ला । मुद्दामामिलामा विजयी भइने योग छ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ । आयआर्जनका स्रोत बढ्ने समय छ । व्यापारमा पनि फाइदा होला । विद्यामा कमजोरी र लेनदेनमा भने विवाद हुने योग छ । विगतका समस्या बल्झिन सक्छन् । शुभचिन्तकहरूको सुझाव मनन गर्दा लाभ पुग्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

मीन – पराक्रम वृद्धि हुने र मान बढ्ने समय छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आयआर्जन राम्रै हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने मुस्किल पर्ला । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । मीठो भोजन खान पाउनुहुनेछ । आफन्तको साथ मिल्नेछ ।