कोरोनासङ्क्रमित एकको मृत्यु

कोरोनासङ्क्रमित एकको मृत्यु


file photo

कोरोनासङ्क्रमित एक जनाको बिहीबार मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार आज एक सङ्क्रमितको मृत्यु भएको हो ।

आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका छन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी छन् ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन उनले आग्रहसमेत गरेका छन् ।