✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ ३० गते तद्अनुसार सन् २०२६ जुलाई १४ तारिख मंगलबार आषाढ कृष्णपक्षको अमावश्या तिथि पुनर्वसु नक्षत्र व्याघात योग किंस्तुघ्न करण आनन्दादिमा स्थिर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ ।
आजको राशिफल
मेष – कामले धेरैको मन लोभ्याउन सकिने र अरूलाई प्रभावित पारेर विशेष फाइदा उठाउने समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य भने केही कमजोर रहनसक्छ, खानपानमा विशेष ध्यान राख्नुहोला । पठनपाठन तथा बौद्धिक क्रियाकलापमा खासै समय दिन नसकिएला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा पछि परिनेछैन ।
वृष – कामले धेरैलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिएला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्तिको योग छ । कीर्तिमानी कार्य सम्पादन होला । वित्तादि लाभ हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला ।
मिथुन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । पारिवारिक सुख मिल्नुका साथै सहयोगीहरूले साथ दिनाले नियमित कार्यमा पनि सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण क्रियाकलापमा सरिक होइएला । साहसिक काममा आकर्षण बढ्नेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । दुर्गमस्थान तथा टाढाको यात्रा सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आफन्तजन असन्तुष्ट रहन सक्छन् । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । सन्तानपक्षबाट सन्तोष नमिल्न सक्छ । आज हरेक कार्यमा विशेष संयमता अपनाइ व्यवहार गर्नु उचित हुनेछ ।
सिंह – कर्मबल बढेपनि श्रमको उचित मूल्य नमिल्न सक्छ । दोधारको अवस्था सिर्जना हुनसक्ने समय छ । समस्यामा पारिवारिक सहयोग प्राप्त हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । कमी–कमजोरीलाई सुधार गर्ने मौका जुर्ला । तथापि, आम्दानीका स्रोत बिगार्न चाहनेहरू सक्रिय रहन सक्छन्, ध्यान राख्नुहोला । सामान्य प्रतिकुलताका बाबजुद गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
कन्या – आजको दिन नयाँ कामको प्रस्ताव आउने तथा सहयोगीहरू प्रशस्तै भेटिने सम्भावना छ । धर्मकर्ममा आकर्षण रहला । आफन्तजनको साथ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । धन आर्जन भएपनि आजको लाभांश सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्नसक्छ, बोली र व्यवहारमा नियन्त्रण राख्नु उचित हुनेछ । समस्यामा साथीभाइको सहयोग मिल्नेछ ।
तुला – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउने योग छ । यत्रागत कार्यमा केही जोखिम जोखिम रहेपनि कठोर मिहिनेतले काम बन्ला । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहनेछ ।
वृश्चिक – भाग्योन्नतिको समय हुनाले मन प्रशन्न रहनुका साथै धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीको काम बन्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । प्रेमभाव वृद्धिका साथै दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । यात्रापरक कामको सफलताले सन्तुष्टि दिलाउनेछ ।
धनु – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुने योग छ । तथपि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । नियमित काममा आलस्य जाग्ने देखिन्छ । अनावश्यक कुरामा खर्चको मात्रा बढ्ने सम्भावना रहेकोले योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु हितकर हुनेछ । शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।
मकर – पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्ने समय छ । विवेकको सही प्रयोगले जस्तोसुकै समस्यामा समाधान निकाल्न सकिएला । यात्रागत कार्य लाभदायी रहनेछ । स्वास्थ्य सबल रहनेछ । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष फाइदा उठाउन सकिने योग छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ भने पहिलेका कमी–कमजोरीलाई सुधार्ने मौका पाइनेछ । मित्रवर्गबीच विवादमा परिने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित होला ।
कुम्भ – दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । रमाइलो जमघटको अवसर मिल्नुका साथै विभिन्न उपहार प्राप्त हुने समय छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । बोली र व्यक्तित्वको प्रभाव रहला । फलदायस् कामको अवसर प्राप्त हुने योग छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला । कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
मीन – नियमित कार्यमा ब्यस्तता बढेपनि उत्साह र उमङ्ग वृद्धिको अनुभूति हुनेछ । स्वास्थ्य सबल रहनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित रहला । मित्रजनको साथले कार्यगति बढ्नेछ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहनसक्ने योग रहेकोले हर कदममा सजगता अपनाउनुहोला ।
प्रतिक्रिया