अमेरिकाको सिएटलमा गोली चल्दा दुई जनाको मृत्यु, एक घाइते

अमेरिकाको सिएटलमा गोली चल्दा दुई जनाको मृत्यु, एक घाइते


अमेरिकाको वाशिङ्टन राज्यको सिएटलस्थित क्याल एन्डरसन पार्कमा शनिबार राति दुई जनाको गोली हानी हत्या भएको छ । सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

एक जनाको घटनास्थलमै र दोस्रोको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी गम्भीर चोटपटक लागेका अर्का एकजना घाइतेको उपचार भइरहेको बताइएको छ ।

सिएटलका प्रहरी प्रमुख एड्रियन डियाजले आइतबार बिहान सो घटनाको विवरण सार्वजनिक गरेका छन् ।