आजको पञ्चाङ्ग एवम् राशिफल (२४ वैशाख २०८० आइतबार, ७ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ वैशाख २०८० आइतबार, ७ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० वैशाख २४ गते आइतबार तद्अनुसार सन् २०२३ मे ७ तारिख ज्येष्ठ कृष्ण पक्षको द्वितीया तिथि अनुराधा नक्षत्र वरियान योग २ः२८ पर परिघ योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः४० बजे हुनेछ । किराँत समाजसुधार दिवस ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । तथापि, खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । दौडधुप बढ्ला । कठोर मिहीनेतले सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, सचेत रहनुहोला । मान–सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । आज व्यापारमा फाइदा होला । शत्रु परास्त हुनेछन् । दाम्पत्य सुख बढ्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।

मिथुन – आजको दिन भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । राजनीतिक पहुँच बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – विशेष मानसम्मान प्राप्त हुने समय छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट होला । मंगलमय काम सम्पादन हुनेछ । आफन्तको सहयोग जुट्न सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । तथापि, आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने योग रहेकोले सावधान रहनुपर्ला । प्रेमभाव वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यस्तता वृद्धि हुनेछ । सुखद समाचारले काममा उत्साह जगाउला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । आज स्वास्थ्यप्रति विशेष सजगता अपनाउनुहोला । आत्मीय जनसँग भेटघाट हुनेछ । प्र्रतिभाको उचित कदर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । पराक्रम बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – समय त्यति शुभदायी देखिन्न । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । तथापि, बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्ममा सफल सावित हुनुहुनेछ । शत्रुमाथि विजय प्राप्त होला । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्ला । जीवनसाथीलाई भने केही पीडा हुने ग्रहयोग छ । यश वृद्धि हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट धनलाभ हुनेछ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने योग छ । राजनीतिक पहुँच बढ्नेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – आज विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । तर बन्धुबान्धवसँग भने असमझदारी बढ्ने योग छ । रसरागको भाव वृद्धि हुनेछ, प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आज घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्ने सम्भावना छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । तथापि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । स्वास्थ्यप्रति सजगता अपनाउनु हितकर हुनेछ ।

मीन – आजको दिन पराक्रम वृद्धि होला । आर्थिक समस्या समाधान हुने समय छ । स्वास्थ्यप्रति भने अलिक सचेत रहनु हितकर होला । चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।