आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०८० सोमबार, ८ मे २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०८० सोमबार, ८ मे २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख २५ गते तद्अनुसार सन् २०२३ मे ८ तारिख सोमबार ज्येष्ठ कृष्ण पक्षको तृतीया तिथि ज्येष्ठा नक्षत्र शिव योग वणि करण आनन्दादिमा पद्म योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । विश्व रेडक्रस दिवस ।

आजको राशिफल

मेष – जोखिम बढ्ने दिन छ । दौडधुप वृद्धि होला । कठिन प्रयत्नबाट हासिल हुनलागेको अवसर गुम्न सक्ने समय भएकोले आज विशेष ध्यान दिएर काम गर्नुहोला । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान् । कठोर तपस्याले काम बन्ला । अन्ततः शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सोचेको काम पूर्ण रुपमा सम्पादन हुने दिन छ । आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । चुनौती चिर्दै हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा फर्किने योग छ । आरोग्यता बढ्नेछ ।

कर्कट – आर्थिक अभावले सताउन सक्ने योग हुनुका साथै खर्च पनि बढ्ने देखिन्छ । तथापि, पनि विपरीतलिंगी वा हितैषीजनले साथ दिनेछन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । समय प्रतिकुल चलेकोले गोपनीयतामा विशेष ध्यान दिँदा हितकर सावित हुनेछ । रसरागमा आकर्षण बढ्नेछ भने पारिवारिक सुख प्राप्त होला ।

सिंह – आजको दिन राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजक रहनुहोला । आज विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – भोगविलासमा मन रमाउने समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहार हातलागी हुनसक्छ । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । कुनै काम रोकिएको छ भने आज दोहोर्याएर गने पूर्ण हुने योग छ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । आफ्नाबाटै धोका मिल्न सक्छ भने चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अनायसै खर्च पनि हुन सक्छ । यसका बाबजुद कार्यमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला ।

धनु – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । तर, आजको दिन ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने योग छ । मिष्ठान्न भोजन प्राप्त होला । अर्थअभावले काम रोकिने सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – मित्रजनसँग वैरभाव बढ्ने र परिवारजनमा असमझदारी देखापर्ने योग छ । ब्यापारबाट भने आज लाभ नै हुने देखिन्छ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – कर्मबल बढ्ने दिन भए पनि आज आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय छ । सन्तानको सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । स्वास्थ्यगत समस्याले केही सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दिक्क लाग्न सक्छ । यसका बाबजुद सामथ्र्य र साहस बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।साझेदारीको काम बन्नेछ ।