इश्वरको पहिलो रहस्य

इश्वरको पहिलो रहस्य


-स्वामी धर्मविवेक
एक दिन आफैंलाई सोध्नुस्, ‘म को हुँ ? ‘ जति कोसिस गरे पनि तपाईंले यो प्रश्नको उत्तर पाउनुहुनेछैन । ‘म को हुँ ? ‘ भन्ने प्रश्नको उत्तरमा भन्नुहोला, ‘म मानिस हुँ ।’ फेरि प्रश्न आइहाल्छ, ‘मानिस को हो ? ‘ उत्तर आउला, ‘धर्तीको सर्वश्रेष्ठ प्राणी ।’ त्यसपछि प्रश्न आउँछ, यो प्राणी भनेको के हो ? उत्तर हुनसक्छ, हाड, छाला र मासुले बनेको शरीर । फेरि प्रश्न उत्पन्न भइहाल्छ, ‘के शरीर म हुँ त ? ‘ किनकि शरीरमा धेरै तत्त्व, यौगिक, अङ्ग र प्रणाली छन् । ती कुनचाहिँमा म छु त ?
यदि आँखा ‘म’ हुँ भने दुवै आँखा नभएका मानिस पनि छन् । यदि हातगोडा म हुँ भने हातगोडा नभईकन पनि मानिस बाँच्न सक्छ । कसैकसैले ‘मुटु नै म हुँ’ भन्ला । तर मुटुभित्र पनि अनेक तन्तुहरू छन् । तिनलाई एक-एक चिरा पारेर हेर्दा पनि म भन्ने कुरा कतै भेटिँदैन । फोक्सो, मिर्गौला, ठूलो आन्द्रा, सानो आन्द्रा, कलेजो, अण्डकोष, लिङ्ग आदि हरेक अङ्ग आफैंमा महत्त्वपूर्ण होलान् । तर, ती कुनै अङ्ग म हुन सक्दिन भन्ने तपाईंलाई लागिहाल्छ । किनकि, ती अङ्ग त फर्ेन पनि सकिन्छ । जस्तै महिलाको पाठेघर अप्रेसन गरेर फाले पनि महिला बाँच्न सक्छिन् ।
भन्नुको मतलब के भने तपाईं आफूलाई जुन ‘म’ भनेर सम्बोधन गर्नुहुन्छ, त्यो म कहाँ छ त ? यसरी खोज्दै जाँदा तपाईंलाई एक दिन थाहा हुनेछ, त्यो म भन्ने कतै छैन । जति माथापच्ची गर्दा पनि त्यो म भन्ने कतै भेटिँदैन । कसै कसैले भन्ला, चेतना र जड मिलेर बनेको समग्र शरीर, मन, आत्मा, विचार, भावको समष्टिगत स्वरूप नै ‘म हुँ ।’ एउटा प्याकेजकै नाम ‘म’ हो ।
उसो भए प्रश्न उठछ, यो ‘समष्टिगत स्वरूप नै म हुँ’ भन्नेचाहिँ को हो त ? कसलाई थाहा भयो त ‘म’का बारेमा ? यस्तो प्रश्नमा तपाईं भन्नुहुनेछ, ‘समष्टिगत स्वरूप नै म हुँ’ भनेर भन्ने पनि मै हुँ । अनि यो ‘म’का बारेमा ‘मै’लाई थाहा भो । उसोभए त्यस्तो थाहा पाउने र भन्ने ‘म’ चाहिँ को हो त ? त्यसबेला तपाईंसँग कुनै जवाफ हुनेछैन । किनकि यहाँ ‘म’ भन्ने कतै छ्रैन । जुन दिन तपार्इंलाई यो ‘म’ भन्ने कुरा कतै छैन भन्ने बोध हुनेछ, त्यसैबेला तपाईं अहंकारमुक्त हुनुहुनेछ । त्यसैबेला तपाईंले थाहा पाउनुहुनेछ, तपार्इं जसलाई ‘म’, ‘मेरो’, ‘मलाई’, ‘मबाट’, ‘मेरा निम्ति’ भन्ने ठानिरहनुभएको थियो, त्यो ‘म’ त कतै छँदै छैन ।
संसारमा तपाईंको दु:खको मूल कारण नै ‘म’ हो । किनकि, ‘म’ भएपछि ‘तँ’ पनि
हुने भयो । अब ‘म’ र ‘तँ’बीच ‘तँ-तँ म-म’ पनि हुने भयो । ‘तँ प्रधानमन्त्री हुने, म किन नहुने ? ‘, ‘तैंले राम्री स्वास्नी विवाह गर्ने, मैले किन नगर्ने ? ‘, ‘तेरो अग्लो घर हुने, मेरो किन नहुने ? ‘, ‘तैंले पार्टी अध्यक्ष पड्काउने, म मात्रै उपाध्यक्ष भइरहनुपर्ने ? ‘, ‘तैंले पाँचतारे होटलको खाना खाने, मैले मात्रै कोदोको ढिँडो खानुपर्ने ? ‘, ‘तेरा छोराछोरी महँगा स्कुलमा पढ्ने, मेरा छोराछोरी सरकारी स्कुलमा किन पढ्ने ? ‘ यस्तो धेरै कुरामा मतभेद सुरु भइहाल्छ । यो त संसारकै रित भयो ।
त्यसैगरी मेरी स्वास्नी, मेरो घर, मेरो पार्टी, मेरो किताब, मेरो पैसा, मेरो फलानो, मेरो ढिस्कानो, मेरो चिलानो…..। यस्तै तेरो र मेरोमा सिङ्गो जीवन सकिन्छ । जीवनको अन्त्यमा मात्र थाहा हुन्छ, आखिर मेरो भन्ने त केही रहेनछ । यो शरीर, मन र भाव, विचार, सिद्धान्त, पार्टी, आलिशान महल, सन्तान, श्रीमती, समाज र सम्झनाहरूसमेत केही मेरा रहेनछन् भन्ने थाहा हुन्छ । तर, थाहा भएर के गर्नु ? जीवन त रित्तिसकेको हुन्छ । एउटा मौका त गुमेकै हुन्छ । फेरि सानो बालक भएर जन्मिएर जीवन सुधार्न लाखौँ योनिहरूको यात्रा नगरी भएन । तपाईंलाई जीवन रहँदै ‘म’ भन्ने चिज नै छैन भन्ने थाहा भयो भने मात्र तपाईं दु:खबाट मुक्त हुन सक्नुहुन्छ र्।र् इश्वर पाउन सक्नुहुन्छ । आफैर्ंर् इश्वर बन्न सक्नुहुन्छ । किनकि, तपार्इंमा ‘म’ नरहनेबित्तिकै बाँकी रहने भनेकै इश्वर हो ।
यसबारेमा एउटा रोचक कथा सान्दर्भिक छ । कुनै देशमा एउटा व्यापारी थिए । उनले पैसा कमाउन धेरै नचाहिने काम गरे । धेरैलाई ठगे । त्यसैलर्ेर् इश्वरले उनलाई स्वर्ग होइन, नर्कमै लैजाने सोच बनाए । तरर्,र् इश्वर करुणामयी पनि थिए र्।र् इश्वरले एकैचोटि व्यापारीलाई नर्क पठाउनुको साटो अग्रिम जानकारी दिनु उचित ठाने । त्यसैले आकाशवाणीमार्फतर् इश्वरले भने, ‘हेर व्यापारी तिमीले जीवनमा धेरै गलत काम र अनेकानेक पाप गर्‍यौ, त्यसैले तिमी मरेपछि नर्कमा जाने पक्का भयो । त्यसका लागि मानसिक रूपमा तयार होऊ ।’
व्यापारी न ठहरिए र्।र् इश्वरको आकाशवाणी सुन्नासाथ व्यापारीले चलाखी गरे । उनमा रूपान्तरण आयो । उनी त दानी भएर पो निस्किए । सबै गलत धन्दा बन्द गरे । बाँकी जीवनभर उनले असल काममै आफूलाई समर्पित गरे । त्यसपछिर् इश्वरको हिसाब पनि बदलियो र्।र् इश्वरले उनको बारेमा पुनरि्वचार गर्ने भए । त्यस्तैमा व्यापारीको निधन भयो र्।र् इश्वरले बहीखातामा उनलाई नर्क पठाउने भनेर सहीछाप ठोकिसकेका कारण व्यापारीलाई नर्कतर्फ लगियो । बाटोमा एउटा यस्तो ट्रान्जिट प्वाइन्ट आयो । बैंकक ट्रान्जिट भनेझैं । एउटा बाटो स्वर्गतिर जाने र अर्को बाटो नर्कतिर जाने । स्वर्ग र नर्कको त्यही ट्रान्जिट प्वाइन्टमा पुगेपछिर् इश्वरले ती व्यापारीलाई रोके र्।र् इश्वरले भने, ‘तिमीलाई यसरी नर्क पठाउनु उचित होइन, किनकि तिमीले यसबीचमा धेरै राम्रो काम गरेका छौ । तिमीलाई स्वर्ग नै पठाउनुपर्छ । तर, नियमबमोजिम होइन, चोर बाटोबाट ।’
त्यसपछिर् इश्वरले ती व्यापारीलाई एउटा लौरो दिँदै भने, ‘यो दैविक लौरो समाउनु, यसले नै तिमीलाई स्वर्गसम्म पुर्‍याउनेछ ।’ व्यापारी खुसी भए । उनले लौरो समाए । उनको स्वर्गतर्फको यात्रा प्रारम्भ भयो । केहीबेर अनन्त शून्यतामा यात्रा गरेपछि एकठाउँमा केही मृतआत्माहरूको समूहले उनलाई घेर्‍यो । ती आत्मा बीचमै भट्किएका रहेछन् । न स्वर्ग न नर्क । त्यसैले ती आत्माले व्यापारीको आत्मालाई भनेछन्, ‘व्यापारी भाइ हामी पनि तिम्रै देशबाट मरेर यहाँ आएका हौँ, हामी राजनीतिक नेताहरू हौँ । हामीले यस्तो भूमिका निर्वाह गर्‍यौँ किर् इश्वरले हामीलाई न नर्क न स्वर्ग कतै पनि पठाएनन् । तिम्रो लौरो समाउन पाए हामी पनि स्वर्ग जाने थियौँ ।’
व्यापारीको अहंकार चुलिएर आयो । उनले भट्किएका आत्मालाई लौरो समाउन नदिने बताए । तर, अरूको खुट्टा तान्न र छिर्के लगाउन पल्किएका नेता न परे । उनीहरूले व्यापारीको गोडा समातेछन् । नेताका भट्किएका आत्मा पनि आफूसँगै स्वर्ग जाने भए भन्ने लागेपछि व्यापारीले दुवै हात फैलाउँदै भनेछन्, ‘हट भट्किएका आत्मा हो, यो लौरो मेरो हो । तिमीहरूलाई किन दिने ? लौरो त मेरो आर्जन हो । लौरो मेरो हो । लौरो मेरो हो ।’
यसरी ‘लौरो मेरो हो’ भनेर दुवै हात झट्कार्दा व्यापारीको हातबाट लौरो नै फुत्कियो । उनी सोझै नर्कमा आएर खसे । ख्याल रहोस्, ‘म’को चक्करमा परुन्जेल तपाईर्ंर् इश्वर बन्न सक्नुहुने छैन । आफूबाट ‘म’लाई फाल्नुस् र भन्नुस्, ‘यहाँ म भन्ने केही छैन, जे छ त्यही छ । त्यही अर्थातर््र् इश्वर । यदि यहार्ँर् इश्वर छ भने म पनिर् इश्वर नै हुँ । अहं ब्रह्मास्मी ।’