तिब्बती महिलामाथि भेदभाव गरेको आरोप

तिब्बती महिलामाथि भेदभाव गरेको आरोप


तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ ।

सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितका बारेमा गहिरो चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको छ ।

तिब्बतमा बस्ने महिलाको लैङ्गिक समानता, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँच, राजनीतिक संलग्नता, धार्मिक एवम् सांस्कृतिक अधिकार संरक्षणलगायत विषयमा चीन सरकारसँग जवाफ मागेको छ ।