आजको पञ्चाङ्ग एवम् राशिफल (१७ जेष्ठ २०८० बुधबार, ३१ मई २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ जेष्ठ २०८० बुधबार, ३१ मई २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ १७ गते बुधबार तद्अनुसार सन् २०२३ मे ३१ तारिख ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि चित्रा नक्षत्र व्यतिपात योग बब करण आनन्दादिमा काल योग चन्द्रमा कन्या राशिमा १६ः३७ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ बजे हुनेछ । निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने, धुम्रपानरहित दिवस ।

आजको राशिफल

मेष – कुनै नयाँ कामको थालनी गर्नका लागि दिन शुभदायी छ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । सामान्य खर्च बढे पनि ब्यापार–ब्यवसायबाट लाभ मिल्ने देखिन्छ । आरोग्यता बढ्ला । इष्टमित्रको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कसैसँग हल्का मनमुटाव हुन सक्छ, सचेत रहनुहोला । अनावश्यक रुपमा डरको भाव रहला । समयमा निर्णय नहुँदा काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने र चोटपटकको सम्भावना देखिन्छ, सावधानीका साथ व्यवहार गर्नुहोला । दौडधुप वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – ब्यस्तता बढ्नेछ । नियमित कर्ममा मन नलागे पनि कसैबाट आदर पाउने दिन छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । रसरागमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला । कृषिकार्यबाट विशेष फाइदा लिन सकिनेछ । साहस वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज परिवारमा सामान्य विवाद रहेपनि आकस्मिक लाभ हुने योग छ । मिष्ठान्न भोजको अवसर जुर्ला, तर खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । कतै अतिथिका रूपमा सम्मान मिल्ने समय छ । धनबल बढ्नेछ । खेलकुद, भ्रमण, रसरागसम्बन्धी कर्ममा आकर्षण बढ्नेछ ।

कन्या – अल्छीपनले सताउला । स्वास्थ्यगत समस्या देखापर्न सक्छ । खानपानमा बिचार पुर्याउनु हितकर हुनेछ । कतिपय बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला, सचेत रहनुहोस् । शत्रुपक्ष हाबी हुनसक्ने भएकोले विवेकपूर्ण व्यवहार गर्नु हितकर हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

तुला – परिश्रमअनुसार राम्रै उपलब्धि होला । रोकिएको योजना पुनः सुरु हुन सक्छ । पाहुनाको आगमन हुने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । शुभ समाचार प्राप्त होला । मान–महत्व वृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – धन लाभ हुने र चिताएको काममा सफलता पाइने समय छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति होला । आयबल बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुने समय छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – समाजिक सम्मान मिले पनि स्वास्थ्यगत समस्याले सताउन सक्छ । आजको दिन अनौठो तरिकाबाट आम्दानी हुनसक्छ । मनोरञ्जनपूर्ण यात्राको योग छ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग समर्थन प्राप्त हुनेछ ।

मकर – आजको दिन खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । निरर्थक कुरामा धन खर्च हुने योग छ । स्वास्थ्यमा पनि सामान्य समस्या देखापर्न सक्छ । रसराग एवम् प्रेम सम्बन्धमा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – आश मारेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने समय छ । आफन्तएवम् मित्रजनसँग भेटघाटका साथै उनीहरूबाट सहयोग पनि प्राप्त होला । मन प्रफुल्ल हुनेछ । योजनाहरूले चाहिँ पूणैता नपाउन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – नचिताएको टाउबाट आम्दानी हुने दिन छ । धन आर्जनका स्रोत खुल्नेछ । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक सोचको विकास हुनेछ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।