आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेष्ठ २०८० बिहीबार, १ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेष्ठ २०८० बिहीबार, १ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ १८ गते बिहीबार, तद्अनुसार सन् २०२३ जुन १ तारिख । ज्येष्ठ शुक्ल पक्षको द्वादशी तिथि स्वाती नक्षत्र वरियान योग कौलव करण आनन्दादिमा स्थिर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५४ बजे हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – लाभदायक समय छ । अर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग किनारा लाग्लान् । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । अध्ययन–अध्यापनमा भने आज खासै प्रगति नहोला । प्रेमभाव एवम् दाम्पत्य सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । आर्थिक कारोबार होला । आवश्यक बस्तुमा खर्च हुने योग छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त होला । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – समय खासै राम्रो छैन । कामहरु अधुरा रहनेछन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । मनमा अनावश्यक डर रहनुका साथै वादविवादको अवस्था निम्तिन सक्छ । सावधान रहेर काम गर्नुहोला । प्रेमभाव बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – ब्यस्तता वृद्धि हुनेछ । व्यवहारिक समस्याले सताउन सक्छ । परिवारमा खटपट हुनुका साथै कामहरु अधुरै रहनाले खिन्नता बढ्ला । सहयोगको अपेक्षा गरेका पक्षहरुबाट खास साथ-सहयोग नमिल्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – आजको दिन रमाइलोका साथ बित्नेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ भने अधुरा कामहरु पूरा हुनेछन् । व्यवसायिकक कर्ममा देखापरेको समस्याको समाधान हुनेछ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन प्रफुल्ल रहला । पराक्रम बढ्नेछ । रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – आजको दिन सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला – कार्यबाधाको सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्या आउला । मेहनतअनुसारको फल नमिन्ने योग रहेकोले धैर्य राख्नु हितकर हुनेछ । खर्च वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – रोकिएका कामहरु अघि बढ्नेछन् । आफन्तजनको साथ–सहयोग मिल्ला । समस्या समाधानको मार्ग खुल्नेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मित्रजनसँगको भेटले मन प्रफुल्ल रहला । पराक्रम वृद्धि हुनेछ । शुभ काममाआकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

धनु – दिन राम्रै छ । व्यवसायिक कार्यबाट लाभ मिल्ला । समस्याहरू आफै किनारा लाग्ने छन् । धैर्यता राख्न सके धेरै राम्रो समय छ । तपाईंको परिश्रम खेर जाँदैन । अर्थलाभको सम्भावना छ । सुखद यात्राको योग छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – यात्राको लागि उचित समय छ । लाभदायक यात्राको सम्भावना देखिन्छ । घरपरिवारमा सुखशान्ति रहला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । कर्मबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने सम्भावना छ । सोचेअनुरुप काम नहुने र बढी खर्चले गर्दा छटपटी बढ्ला । स्वास्थ्य पनि अनुकुल नरहला । आजको दिन आर्थिक लेनदेन नगरेकै हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्ने देखिन्छ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – जोखिम वृद्धि भए पनि आजको दिन समस्याको समाधान हुनेछ, आँटेका काम पूरा हुनेछन् । परिवारबाट सुख मिल्ला । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार होला, तर तनाव कायम हुने देखिन्छ । भागदौड बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ ।