आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेष्ठ २०८० सोमबार, ५ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेष्ठ २०८० सोमबार, ५ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० ज्येष्ठ २२ गते सोमबार तद्अनुसार सन् २०२३ जुन ५ तारिख आषाढ कृष्ण पक्षको प्रतिपदा तिथि ७ः४१ पर द्वितीया तिथि मूल नक्षत्र साध्य योग तैतिल करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ । विश्व वातावरण दिवस ।

आजको राशिफल

मेष – दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने समय छ । काममा आवश्यक ध्यान नपुग्दा प्राप्त अवसर गुम्न सक्छ । तथापि, मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – नयाँ काममा हात हाल्ने समय आएको छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । टाढाको यात्रा पनि हुन सक्छ । भागदौड वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – सोचेको काम पूर्ण रुपमा सम्पादन हुने समय छ । केही खर्च हुन सक्छ तर चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । झमेला र चुनौती चिर्दै हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा फर्कने योग छ । रसरागमा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन खर्च बढ्ने तथा आर्थिक अभावले सताउने योग छ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । तर, विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्ने योग छ । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । रसरागको भाव वृद्धि हुनेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ ।

कन्या – व्यस्तता वृद्धि हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । भोगविलासमा मन रमाउने समय छ । विशेष उपहार हातलागी हुन सक्छ । आरोग्यता बढ्नेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – पराक्रम बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नेछ । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।

वृश्चिक – विशेष अवसर प्राप्त भए पनि आज इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नै सम्झिएको पात्रबाट धोका पाइने योग भएकोले सचेत रहनु हितकर होला । धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । हिम्मतले काम लिने प्रयत्न गर्नु हितकर हुनेछ । सकारात्मक काम बन्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । तथापि, ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । मिष्ठान्न भोजन पनि प्राप्त होला । टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । आरोग्यबल बढ्नेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ । ब्यापारबाट फाइदै हुने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । तथापि, आर्थिक अभावले सताउन सक्ने समय छ । यात्रा र सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – कर्मबल बढ्ने योग भए पनि जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले दुःखानुभूति होला । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । रसरागको भाव वृद्धि होला ।