सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको मामलामा प्रचण्ड र बाबुरामविरुद्ध मुद्दा दर्ता

सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको मामलामा प्रचण्ड र बाबुरामविरुद्ध मुद्दा दर्ता


file photo

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । दशवर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध पूर्वलडाकु लेनिन विष्टले दायर गरेको सो मुद्दा आज आइतबार दर्ता भएको हो।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको यो मुद्दा दर्ताका लागि गत शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईले आदेश दिएका थिए । सर्वोच्चले ३० जेठ मंगलबारका लागि सो मुद्दाको पेशी तोकेको छ ।

सर्वोच्चमा मुद्दा दर्ता भएलगत्तै राप्रपाले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको छ । राप्रपाका सांसद एवम् सो दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदमा बोल्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग उठाएका हुन् ।

तलको लिंकमा क्लिक गर्नुहोस्-

www.ghatanarabichar.com/277544