कृषि विश्वविद्यालयमा युएसएआइडि कृषि शिक्षा कार्यक्रम

कृषि विश्वविद्यालयमा युएसएआइडि कृषि शिक्षा कार्यक्रम


कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा अमेरिकी सहयोग नियोग (युएसएआइडि) कृषि उच्च शिक्षाको क्रियाकालप शुभारम्भ भएको छ । सन् २०२२ को डिसेम्बरमा युएसएआइडिले यो पञ्चवर्षीय क्रियाकलाप अमेरिकास्थित टस्किगी विश्वविद्यालयलाई नेपाली साझेदार सत्गुरु इन्कर्पोरेटेडसँगको सहकार्यमा प्रदान गरिएको हो । जुन कार्यक्रम बिहीबारदेखि लागू गरिएको छ ।

क्रियाकलापको युएसएआइडि एजेन्सी काउन्सिलर क्लीन्टन व्हाइटले एक कार्यक्रमका बीच सो क्रियाकपालको शुभारम्भ गर्नुभयो । पचास लाख अमेरिकी डलर (करिब रु ६५ करोड) बराबरको सो क्रियाकपालले अनुसन्धान र शिक्षण बिधिको सुदृढीकरया गरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लागू गरिएको हो ।

कार्यक्रममा व्हाइटले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको संलग्नता थप सुदृढ गर्न यस नयाँ कृषि उच्च शिक्षा क्रियाकलापको सुरुआत गरिएको बताउनुभयो । अमेरिकी उच्च शिक्षा संस्था ऐतिहासिक रुपमा अश्वेत कलेज एवं विश्वविद्यालयको रुपमा रहेको टस्किगी विश्वविद्यालयसँगको यो साझेदारीले सवलता, अनुभव र विज्ञताको एक अद्वितीय सङ्ग्रह ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले कृषि क्षेत्रको उच्च शिक्षाअन्तर्गतको परियोजनाको आज सुरुआत गर्न पाउँदा निकै हर्षित भएको बताउनुभयो । अन्य विश्वविद्यालयसँग छलफल भइरहेको भन्दै उहाँले यो परियोना विश्वविद्यालयकै ठूलो परियोजना भएको बताउनुभयो ।

विश्वविद्यालयमा पढ्ने विद्यालर्थीको भविष्य छ है भन्ने देखाउनका लागि परियोजना ल्याइएको उहाँको भनाइ थियो । यहाँका विद्यार्थी उद्यमी, व्यवसायी बनेर यहाँ काम गर्न सकिन्छ भन्ने सिकाउनलाई विश्वको ज्ञान दिन सकीने उहाँले बताउनुभयो ।

उहाँका अनुसार चार वटा उद्देश्यका साथ यो परियोजना ल्याइएको हो । पाठ्यक्रम नयाँ लागु गर्ने, युवा किसान र विद्याथीलाई उद्यममा जोड्ने, प्रध्यापकलाई तालिम र कृषिमा महिला र छात्रा विद्यार्थीलाई जोड्ने उद्देश्यका साथ यो परियोजना सञ्चालनमा ल्याइएको हो ।

विश्वविद्यालयका पाठ्यक्रम पुरानो हुँदा विद्यार्थीलाई नयाँ ज्ञान नहुने भएकाले पाठ्यक्रमको विषयमा कार्यशाला गोष्ठी सम्पन्न गरी सकिएको उहाँले जानकारी दिनुभयो । युवा किसान र युवा विद्यार्थीलाई जोडेर उद्यमी बनाउन प्रेरित गर्ने, प्रध्यापकको अनुसन्धान, प्रकाशनमा क्षमता वृद्धि गर्ने कार्यक्रम रहेको छ । छात्रा विद्यार्थीलाई पढ्न उत्प्रेरित गर्ने विद्यार्थीलाई क्षमता अभिवृद्धि गर्नेगरी यो पहिलो चरणको परियोजना सुरुआत गरीएको हो ।

यस परियोजनाअन्तर्गत विद्यार्थीलाई उद्योमी वन्नका लागि पाँच वटा समूह बनाइ कम्पनी दर्ता गराई रु २० लाखको दरले रकम उपलब्ध गराइने छ । जसले विद्यार्थीलाई उद्यमी बन्न सहयोग गर्ने रेग्मीले जानकारी दिनुभयो ।

  • रासस