आजको पञ्चाङ्ग एवम् राशिफल (१ आषाढ २०८० शुक्रबार, १६ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ आषाढ २०८० शुक्रबार, १६ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुन १६ तारिख आषाढ कृष्ण पक्षको त्रयोदशी तिथि ८ः४८ पर चतुर्दशी तिथि कृतिका नक्षत्र धृति योग भद्रा करण आनन्दादियोगमा छत्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ बजे हुनेछ । आषाढ संक्रान्ति ।

आजको राशिफल

मेष – स्वास्थ्यगत कोणबाट आजको दिन त्यति शुभदायी नहोला । खर्चवृद्धिको समय छ । आजको दिन काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – आजको दिन तपाईंको अनुकुल रहला । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धि-विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । धनप्राप्तिको योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । कार्य व्यापारमा सफलता पाउनुहुनेछ ।

मिथुन – दिन शुभदायी छ । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । चिताएको काममा सफलता पाइनेछ । मित्रजनको दह्रिलो साथ-सहयोग रहला । अनौठो तरिकाबाट धनलाभ हुन सक्ने योग छ । परिवारमा खुशीयाली छाउला । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । सुख सुविधाको बस्तु बढ्ला ।

कर्कट – दिन मनोरञ्जनात्मक रहला । स्वास्थ्य भने आज केही कमजोर रहन सक्छ । खानपानमा विशेष ध्यान दिनु हितकर होला । समाजिक सम्मान मिल्ने समय छ । धनलाभ हुने र सुखविलासमा मन जाने योग छ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । सुख शान्ति बढ्नेछ ।

सिंह – आजको दिन शुभदायी नरहला । आर्थिक अभावले सताउन सक्छ । अनावश्यक कुरामा धन ब्य हुने योग छ, खर्च गर्दा विशेष सचेत र सावधानी अपनाउनु होला । स्वास्थ्य पनि प्रतिकुल रहन सक्छ, होसियारी अपनाउनु हितकर होला । भौतिक साधनको समेत क्षति हुने दिन छ, सावधान रहनुहोला । मित्रजनको साथ रहनेछ । परिवारमा पनि शान्ति रहला । कर्मबल बढ्नेछ ।

कन्या – मिश्रित फल दिने प्रकारको दिन छ । दिनको सुरुवातमा कामहरू बन्नेछन्, सखदानुभूति हुनेछ । तर दिनको उत्तरार्द्धमा आलश्यले सताउन सक्छ । सामान्य कार्यका लागि पनि धेरै परिश्रम पर्न सक्छ । आफन्तको सहयोग भने प्राप्त हुने समय छ । आफन्तजनसँग आकस्मिक भेटघाट हुन सक्छ । कार्य अधुरो रहने योग छ । सन्तानसुख प्राप्त हुनेछ ।

तुला – नचिताएको ठाउँबाट आम्दानी हुने समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार ब्यवसायमा फलिफाप होला । उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – दिन राम्रै छ । कुनै नयाँ योजना सोच्दै हुनुहुन्छ भने सुरु गर्न सकिनेछ । काममा जाँगर बढ्ला । धनलाभ र सन्तान पक्षबाट सुखको अनुभूति हुने समय छ । परिवारमा आर्थिक समस्याले सताउन सक्छ, सचेत रहनुहोला । दाम्पत्यसुख भने बढ्नेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – दिन खास अनुकुल नरहन सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नु हितकर होला । मनमा कता–कता डरको भाव रहन सक्छ । समयमा निर्णय लिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । कसैसँग सामान्य विवाद पर्न सक्छ, सावधान रहनुहोला । चोटपटकको भय पनि छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला । प्रेमभाव र आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । कार्यालयको काममा खासै मन नजाला, तर दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । परिवारजनको साथ मिल्नेछ भने उल्लास–उत्साह वृद्धि हुनेछ । अर्थआर्जनको योग छ । दाम्पत्य जीवन सुखद रहला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – अतिथिका रूपमा सम्मान पाइने समय छ । आज नचिताएको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । स्वास्थ्य कमजोर रहनसक्ने भएकोले आज खानपानमा विशेष सावधान रहनुहोला । परिवारमा सामान्य विवादको अवस्था निम्तन सक्छ, तथापि समस्याको समाधान मिल्नेछ । सुख विलास बढ्ला । आयआर्जन राम्रै हुने योग छ ।