बदलिए ‘रअ’ प्रमुख

बदलिए ‘रअ’ प्रमुख


विगत केही वर्षयता नेपालमा ज्यादा चर्चामा रहने गरेको भारतीय गुप्तचर सस्था ‘रअ’का प्रमुख बदलिएका छन् । यसै महिना आफ्नो कार्यकाल पूरा गरेका सामन्थ गोयलले आवकाश पाएपछि उनको स्थानमा मध्यप्रदेशका रवि सिन्हालाई नियुक्त गरिएको छ ।

यसअघि गोयलको कार्यावधि कम्तिमा एक वर्ष थप गरिने चर्चा चलेको थियो, तर सामन्थलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने अवस्था रहेकोले कार्यकाल नबढाइएको बुझिएको छ ।

नयाँ दिल्लीस्थित एक सूत्रले जनाएअनुसार प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार रहेका अजित डोभल उमेरका कारण कामबाट छुट्टी लिन चाहन्छन् । उनी त्रियासी वर्षका भएका छन् र, कामको भार पहिले झैँ ज्यादा लिन नसक्ने अवस्थामा डोभल पुगेका छन् । उनले बिदा लिएपछि सो स्थानमा सामन्थ गोयललाई नियुक्त गरिने बताइएको छ ।