भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्नेहरूलाई सख्त कारवाही गर्ने क्रममा सरकारले ललिता निवास जमिन घोटाला प्रकरणका नाइकेहरूलाई गिरफ्तार गर्ने क्रम सुरुवात गरेको छ । यसक्रममा मुख्य योजनाकार मानिएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ मङ्गलबार पक्राउ परेका छन् ।
गुरुङसँगै मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा (सहसचिव), कर्मचारी सुरेन्द्रमान नकर्मी, धर्मप्रसाद गौतम, गोपाल कार्की र भुपेन्द्रमणी केसी पनि पक्राउ परेका छन् ।
गृहमन्त्रालयको जिम्मेवारी लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जमिन घोटाला प्रकरणका दोषीहरू जो-कसैलाई पक्राउ गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरी अनुसन्धानले दोषी देखाएका सबैलाई हिरासतमा लिइने बुझिएको छ ।
स्मरणीय छ, मीनबहादुरले ललिता निवासकै बीस रोपनीभन्दा बढी जग्गा कब्जा गरेर आफ्नो स्टोर बनाएका छन् ।
प्रतिक्रिया