file photo
प्रधानमन्त्री प्रचण्डका छोरीहरू गत साता दुबईको विशेष भ्रमणमा गए । छोरीहरू रेणु दाहाल र गङ्गा दाहाल दुई ‘विश्वासप्राप्त ब्यक्ति’हरूलाई लिएर दुबई जानुको कारण रहस्यपूर्ण मानिएपनि आर्थिक कारोबारसँग सम्बन्धित भएको बुझिएको छ ।
स्मरणीय छ, छोरा प्रकाशको नाममा दुबईको एक बैंकमा रहेको करिब पच्चीस अर्ब रूपैयाँ प्रकाशको मृत्युपछि नेपाल भित्र्याउने प्रयास भएको थियो । नाता प्रमाणित र नेपालस्थित बैंकको खाता नम्बर उपलब्ध गराइएमा रकम हस्तान्तरण गरिने बताइएपछि त्यसनिम्ति प्रयास पनि भएको थियो । तर केही सीप नलागेपछि अन्ततः एक ब्यापारीको सहयोग लिएर बिरामी पत्नीसहित प्रचण्ड केही वर्षअघि दुबई पुगेका थिए ।
महतो थरका ब्यापारीले उक्त रकम ‘उतै’ ब्यवस्थापन गर्न सघाएयता प्रचण्डको ती ब्यापारीसँग निकै घनिष्टता कायम भएको छ । राजनीतिमा छोरीहरूलाई स्थापित गर्न उच्च प्राथमिकता दिँदै आएका प्रचण्डले आर्थिक ब्यवस्थापनको नेतृत्वसमेत छोरीहरूलाई सुम्पिन लागेको अनुमान उनिहरूको दुबई भ्रमणपश्चात् गरिएको छ ।
प्रतिक्रिया