देशभरकै सरकारी खाता रोक्का

देशभरकै सरकारी खाता रोक्का


देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयका सूचनाअधिकारी गायत्रीरमण खनालका अनुसार महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको हो । गए रातिदेखि कुनै पनि रकम भुक्तानी लिन नपाइने र प्रदेश तथा स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी नहुने उनको भनाइ छ ।

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक सोमबारसम्म साटिन सक्नेछन् तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालको भनाइ छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ ।