‘हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक’
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
सोलुखुम्बुबाट काठमाडौंका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिएका छन् ।
लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको बताइएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौंबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो ।
सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौं उडेको कल साइन ९ एनए-एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार हेलिकोप्टरमा पाइटलसहित छ यात्रु सवार थिए । उनका अनुसार हेलिकोप्टरमा सवार पाँच जना मेक्सिकन नागरिक हुन् ।
प्रतिक्रिया