अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको आकस्मिक निधन

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको आकस्मिक निधन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा प्रमुख अमेरिकी सिनेटर लिन्डसे ग्राहमको ‘आकस्मिक बिरामी’का कारण ७१ वर्षको उमेरमा निधन भएको उनको कार्यालयले जानकारी दिएको छ ।

विदेशनीतिसम्बन्धी कार्यका लागि परिचित ग्राहम इरानविरुद्धको युद्धका दृढ समर्थक मानिन्थे र पछिल्ला वर्षहरूमा ट्रम्प तथा बाइडेन प्रशासनलाई रूसको आक्रमणविरुद्ध किएभ (युक्रेन)लाई समर्थन गर्न आग्रह गरेका थिए ।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमको कार्यालयले सामाजिक सञ्जाल एक्समा उनको शनिबार (११ जुलाई) साँझ निधन भएको पुष्टि गरेको छ । ग्राहमले गत बिहीबार मात्र ७१ वर्ष पूरा गरेका थिए । उनको ‘अचानक एवम् छोटो समय बिरामी’ भइ निधन भएको हो ।

‘यो दुःखको कठिन समयमा दिवङ्गत सिनेटर ग्राहमको परिवारले प्रार्थनाको आह्वान गर्दै गोपनीयताका लागि अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

एनबीसी न्यूजका अनुसार शनिबार राति ग्राहमको क्यापिटल हिलस्थित निवासबाट ‘हृदयाघात’को उपचारका लागि फोन आएपछि इमर्जेन्सी सेवाहरू तुरून्त उनको निवासमा पुगेका थिए ।

ग्राहमको राजनीतिक यात्रा

सन् २०१६ मा ग्राहमले राष्ट्रपतिको उम्मेदवारी दिएका थिए तर प्रतिस्पर्धामा सफल हुन सकेनन् । त्यतिबेला उनले ट्रम्पलाई अमेरिकामा रहेका विदेशी मुलका समुदाय र अमेरिकामा बसोबास गर्ने नागरिकप्रति जातीय द्वेष फैलाउने धार्मिक कट्टरपन्थी नेताको संज्ञा दिएका थिए ।

सन् २०२१ को जनवरी ६ को क्यापिटल हमलापछि सम्बन्ध तनावपूर्ण भएको थियो, तर पछि ट्रम्पको दोस्रो कार्यकालमा उनीहरूको सम्बन्ध सुध्रियो र ग्राहमले ट्रम्पको पुनः निर्वाचनलाई समर्थन गरेका थिए ।

साउथ क्यारोलिनाको मध्य शहरमा हुर्केका ग्राहम सन् १९९४ मा पहिलोपटक अमेरिकी प्रतिनिधिसभा (सिने) मा निर्वाचित भएका थिए । उनी सन् २००२ सन् २००८, सन् २०१४ र सन् २०२० मा पुनः सिनेटर बनेका थिए । उनी सिनेटको बजेट समितिको अध्यक्षसमेत बनेका थिए ।

ग्राहमका आमाबाबुले रेस्टुरेन्ट चलाउँथे । उनी आफ्नो परिवारमा कलेज पढ्ने पहिलो व्यक्ति थिए भने पछि सेनामा वकिलको रूपमा काम गर्दै एयर फोर्स कर्नेलसम्म बनेका थिए ।