हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन


photo: rss

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन समिति गठन गरेको हो ।

मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारका प्रवक्ता शर्माले भन्नुभयो, ‘मेक्सिकोका नागरिकहरू बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ, मन्त्रिपरिषद्ले सबै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ ।’

मंगलबार बिहान बिहान ९ः५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडान भरेको कल साइन ९ एनए–एमभी भएको हेलिकप्टर बिहान १०ः१ बजे सम्पर्कविहीन भएकामा सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । हेलिकप्टरमा सवार पाइटलसहित ६ यात्रु सबैको मृत्यु भएको थियो । हेलिकप्टरमा पाँच जना मेक्सिकाली नागरिक रहेका थिए । दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ ।