एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमावापत पचास लाख हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमावापत पचास लाख हस्तान्तरण


‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच जना ग्राहकका परिवारलाई प्रतिव्यक्ति रु. १० लाखको दरले रु. ५० लाख हस्तान्तरण गरिएको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो ।

दुर्घटना बीमावापतको बीमा लाभ प्राप्त गर्ने ग्राहकहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोलेका मृतक देवेन्द्रप्रसाद बछाडका भाइ राजनप्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोलेका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोलेका मृतक आशिष थारुको बुबा दुल्लुराम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोलेका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमादेवी घिमिरे दाहाल र स्याङजास्थित कृषिशाखामा खाता खोल्नु भएका मृतक कृष्णप्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी छन् । निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन् ।

एनआईसी बैंकमा बीमासहितको निक्षेप योजनाहरूअन्तर्गत हालसम्म ३ हजार १ सय १६ जना ग्राहकलाई रू. ९ करोड ४० लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको बैंकले जनाएको छ । जसमध्ये घातक रोग बीमा वापत २८ जनाले रू. ३ करोड, दुर्घटना बीमा वापत १७ जनाले रू. १ करोड ७० लाख र मेडिकल बीमा वापत ३ हजार ७१ जनाले रू. ४ करोड ७० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।