एनसेलले ल्यायोे आकर्षक कम्बो प्याक

एनसेलले ल्यायोे आकर्षक कम्बो प्याक


  • अनलिमिटेड अल नेट र अन नेट कलका साथ डेटा र एसएमएस सेवा
  • अनलिमिटेड अल नेट कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० अल नेट एसएमएसको मात्र रु ९९८
  • अनलिमिटेड अन नेट कल, ५०० मिनेट अल नेट कल, प्रतिदिन १ जीबी डेटा र २०० अल नेट एसएमएसको मात्र रु ७९८

एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ । एनसेलका ग्राहकले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै हरदम कनेक्टेड रहन सक्छन् ।

अफ नेट अर्थात् एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवाप्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित रु ९९८ मा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स३ह्यास डायल गरि सजिलै यो प्याक लिन सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी अन नेट अर्थात् एनसेलका नम्बरहरुमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र रु ७९८ लिन सक्छन् । यो प्याक एष्ट्रिक्स१७११८एष्ट्रिक्स७एष्ट्रिक्स२ह्यास डायल गरि लिन सकिने जनाइएको छ । यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ ।

अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरुले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।