भारतको राहदानी र नागरिकता भएका एक ब्यक्तिले नेपालको समेत नागरिकता लिइ आवश्यकताअनुसार प्रयोग गर्दै आएको प्रमाण फेला परेको छ । भारत, बिहारको पूर्णीयानिवासी श्यामनन्दन सिंहको छोरा नवनित कुमारले नेपालको पर्सा जिल्लाबाट नागरिकता लिइ त्यसैको आधारमा चालक अनुमतिपत्रसमेत लिएका छन् ।
भारतीय औषधि कम्पनी मोदी मुण्डी फर्मा (Modi Mundi Pharma) को औषधी नेपालमा बिक्री गर्दै आएका नवनित कुमारले भारतीय राहदानी प्रयोग गरेर पटक-पटक नेपाल-भारत हवाइयात्रा गर्दै आएका छन् । निजले लिएको नेपाली नागरिकतामा उल्लिखित विवरणमा ठेगाना फरक राखिएको भएपनि बुबाको नाम एउटै रहेको छ ।
नवनित कुमारले दोहोरो नागरिकता लिएकोमा जिल्ला प्रशासन कार्यालय पर्सा (वीरगन्ज)मा गत जेठ २४ गते बुधबार उजुरी दिएकोमा अहिलेसम्म कुनै कारवाही अघि बढाइएको छैन । रास्वपा अध्यक्षले दुई देशको नागरिकता र पासपोर्ट प्रयोग गर्न मिल्छ भने मैले किन नमिल्ने भन्दै नवनितले आफ्ना निकटका साथीहरूलाई गफ दिने गरेका छन् ।
प्रतिक्रिया