आजको पञ्चाङ्ग एवम् राशिफल (१९ श्रावण २०८० शुक्रबार, ४ अगस्त २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ श्रावण २०८० शुक्रबार, ४ अगस्त २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण १९ गते तद्अनुसार सन् २०२३ अगस्त ४ तारिख शुक्रबार अधिक श्रावणकृष्णपक्ष तृतीया तिथि शतभिषा नक्षत्र शोभन योग वणि करण २ः२५ पर बब करण आनन्दादिमा सौम्य योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ ।

आजको राशिफल

मेष – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तथापि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । मित्रभाव वृद्धि हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – समय उत्साहवर्द्धक रहला । दिन मनोरञ्जनपूर्ण हुने र नयाँ ज्ञान प्राप्त हुने योग छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । व्यापार-व्यवसायमा विशेष लाभ मिल्ला । व्यावसायिक यात्राको सम्भावना छ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सामाजिक कामको दायित्व बढ्ने दिन छ । श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । तथापि, शत्रुमाथि विजय हुनेछ भने समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । दौडधुप बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । मातृधनबाट लाभ मिल्नेछ भने विगतका कमी–जोरीलाई सुधार गर्ने अवसर मिल्ला । महत्वाकांक्षी योजना फलीभूत होलान् । आरोग्यता बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । रसरागको भाव जागृत हुनेछ ।

कन्या – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात पार्ने मौका मिल्ला । धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – जिम्मेवारी बढ्ने समय छ, तर स्वास्थ्य कमजोर रहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ, सावधान रहनुहोला । वैदेशिक यात्राको अवसर आउला । आम्दानी बढ्ने र फाइदा उठाउने योग छ । भागदौड वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

वृश्चिक – आज आलस्यता जागे पनि प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पनि पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । विशेषगरी कृषि–चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय रहेकोले सचेत रहनुहोला । दाम्पत्य सुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । सुखसुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ ।

धनु – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ, तर उत्साहमा कमी आउला । परिवारजनको भरणपोषणमा खर्च बढ्ला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद रहला । मिठो भोजन प्राप्तिको समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ ।समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । परिवारिक भने सुख बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – भाग्योन्नतिको समय छ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । पढाइमा राम्रै प्रगति होला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्नेछ । आरोग्यता बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – विभिन्न अवसर पाइने समय भएपनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । चुनौतीका बाबजुद समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । रसरागमा आकर्षण बढ्ला । प्रेमको बन्धन कसिने छ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।