आजको पञ्चाङ्ग एवम् राशिफल (२१ श्रावण २०८० आइतबार, ६ अगस्त २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ श्रावण २०८० आइतबार, ६ अगस्त २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २१ गते आइतबार तद्अनुसार सन् २०२३ अगस्त ६ तारिख अधिक श्रावण कृष्णपक्ष पञ्चमी तिथि उत्तरा भाद्रपद नक्षत्र ९ः८ पर रेवती नक्षत्र सुकर्म योग ०ः५९ पर धृति योग गर करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० बजे भयो र सूर्यास्त साँझ १८ः४८ बजे हुनेछ । आज मित्रता दिवस ।

आजको राशिफल

मेष – वैदेशिक कार्यहरू सुचारु भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ भने शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि पनि समय अनुकूल रहनेछ । स्वास्थ्यका लागि आज खानपानमा विशेष सचेत रहनुहोला । मानवर्द्धक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु परास्त होलान् । कर्मको उचित प्रतिफल पाइनेछ भने विगतको श्रमबाट प्रशस्त धन लाभ हुने योग छ । चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले आज विपरितलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ । आयबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन – आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । मातापिता र सन्तानसँगको मतभेद बढ्ने योग छ । लेनदेनमा विवाद बढ्ने समय रहेकोले सकभर कारोबार नगर्नु हितकर होला । विगतको श्रमबाट भने आंशिक लाभ हुनेछ । रसरागमा रुचि बढ्नेछ । मानसम्मानमा आघात पुग्न सक्ने दिन भएकोले व्यवहारमा संयमता अपनाउनुहोला ।

कर्कट – बलभन्दा बुद्धिको काममा जोड दिनु हितकर हुने समय छ । खर्चका बाध्यता धेरै आइपर्ने छन्, फजुल खर्चबाट जोगिने प्रयत्न गर्नुहोला । कसैलाई आज नगद सहयोग नगरेकै राम्रो । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – ब्यस्तता एवम् दौडधुप बढ्नेछ । आफ्नो ठानेकाबाटै विश्वासघात हुने सम्भावना भएकोले आजको दिन गोपनियतामा विशेष सावधानी अपनाउनुहोला । विदेश यात्राको प्रयासमा रहेकालाई शुभदायी समय छ । पति–पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारमा शान्ति रहनेछ ।

कन्या – सोचेको समयमा कार्य सम्पादन गर्न नसकिए पनि व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । घर तथा सवारी साधन जोड्ने अवसर मिल्ला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – स्वास्थ्यसम्बन्धी समस्या बढ्ने योग रहेकोले आजको दिन खानपानमा एकदमै सजक रहनुहोला । गोपनियतामा सचेत रहनुपर्नेछ । आमदानीका अवसरहरू प्राप्त हुनेछन् । पुराना मित्रहरूसँग भेटघाट हुने योग छ । कसैसँग विवाद वा झगडा हुनसक्छ, सावधान रहनुहोला । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । आर्थिक काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने समय रहेकोले मन चिन्तित रहन सक्छ । पति–पत्नीबीच विवाद बढ्न सक्छ, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । तपाईंका कमजोरीमाथि टीका–टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने सम्भावना छ । आजको दिन बोलीको भरमा काम सम्पादन हुनसक्छ । प्रेमभाव वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – व्यस्तता बढ्नेछ । धन आर्जन हुने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कही मिष्ठान्न भोजन खाने अवसर पनि प्राप्त हुन सक्छ । काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार भइएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – पराक्रम बढ्नेछ । बोलीको प्रभावमा अरुको विश्वास जित्न सकिने समय छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सावधान रहनुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । भेटघाटको अलमलले योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, प्रेममा खटपट भइरहने समय छ । प्रेम प्रसङ्ग अघि बढ्दा अन्य काममा असर पर्न सक्छ । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । विगतको श्रमबाट धन लाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्नेछ ।

मीन – कर्मबल बढ्नेछ । शारीरिक कष्ट बढ्न सक्छ । आर्थिक कारोबारमा पनि समस्या आउने योग छ । धार्मिक कार्यमा खासै रुचि नहोला, तथापि, अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । सन्तानसुख बढ्ला । सामथ्र्य बढ्नेछ । वार्तामा सफलता मिल्नेछ ।