आजको पञ्चाङ्ग एवम् राशिफल (२२ श्रावण २०८० सोमबार, ७ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ श्रावण २०८० सोमबार, ७ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण २२ गते सोमबार तदनुसार सन् २०२३ अगस्त ७ तारिख अधिक श्रावण कृष्णपक्ष षष्ठी तिथि रेवती नक्षत्र ८ः२ पर अश्विनी नक्षत्र शूल योग भद्रा करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा ८ः०२ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः४७ बजे हुनेछ ।

आजको राशिफल

मेष – अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने दिन छ । हातमा आएको प्रतिफल गुम्न सक्ने योग रहेकोले धैर्यले काम ििलनुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । चुनौतीपूर्ण र अप्ठ्यारा परिस्थितिको सामना गर्नपर्ने समय छ । आरोग्यता बढ्ने र यात्रा सफल रहने छ ।

वृष – अनुकूलता र आरोग्यता बढ्नेछ । आजको दिन केही खर्चालु हुन सक्छ, तर दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । व्यवसायमा फाइदै हुनेछ । तर, यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनु हितकर होला । सन्तानसुख मिल्नेछ । मिठो भोजन प्राप्ति हुने समय छ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग रहेकोले सावधान रहनुहोला । कतै आतिथ्यपूर्ण सम्मान पाइने सम्भावना छ । छिमेकीसँगको विवादबाट बच्न सावधानी अपनाउनुहोला । आशा उत्साह बढ्ने दिन छ । प्रयासरत काम बन्नेछ ।

कर्कट – कर्मबल वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । मातृधनबाट लाभ मिल्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला । यात्रा सफल रहनेछ ।

सिंह – अनुकूलता बढ्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सकिएला । व्यवसायमा राम्रै फाइदा हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्ने योग छ । खेलकुद, भ्रमणका साथै रसरागप्रति आकर्षण बढ्नेछ ।

कन्या – दौडधुप बढे पनि लगनशीलताले कीर्तिमानी दिलाउने समय छ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । मुद्दामामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिनेछ । तपाईंबाट समुदायको भलाइ हुने काम हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । खासगरी आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन कीर्तिमानी काम गर्ने अवसर प्राप्त होला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । आरोग्यता बढ्नेछ । मान सम्मानमा निरन्तर बढोत्तरी होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय केही चुनौतीपूर्ण छ । विश्वासमा पारेर धोका दिन सक्ने पात्र सक्रिय हुनसक्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । आरोग्यता बढ्नेछ भने मिठो भोजन प्राप्त होला । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – आश मारेको कामले उत्साह जगाए पनि आजको दिन गोपनियतामा विशेष ध्यान दिनु हितकर होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । प्रेमभावका साथै दायित्व बढ्नेछ । साहस पनि वृद्धि होला । धनको आगमन भइरहनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – समय चुनौतीयुक्त भएपनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालनबाट राम्रो लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति होला । प्रतिभाको कदर हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन – मान, महत्वका साथै आरोग्यता बढ्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत पनि बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । मठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।