आजको पञ्चाङ्ग एवम् राशिफल (२३ श्रावण २०८० मंगलबार, ८ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ श्रावण २०८० मंगलबार, ८ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८०श्रावण २३ गते तद्अनुसार सन् २०२३ अगस्त ८ तारीख मंगलबार अधिक श्रावणकृष्णपक्ष सप्तमी तिथि ९ः३३ पर अष्टमी तिथि अश्विनी नक्षत्र ७ः१७ पर भरणी नक्षत्र गण्ड योग बालब करण आनन्दादिमा अमृत योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३१ मा भयो र सूर्यास्त सांझ १८ः४६ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, विश्व भू-संरक्षण दिवस ।

आजको राशिफल

मेष – पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइने दिन छ । मनोरञ्जनपूर्ण रुपले समय गुज्रिएला । सानातिना काममै समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ मिल्ने योग छ । आरोग्यता एवम् आशा–उत्साह बढ्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ ।

वृष – आजको दिन मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ, तर प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यको लागि खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ रहनेछ ।

मिथुन – आजको दिन यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो होला । कामधन्दाको चापले गर्दा प्रेमिकासंग वा दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – कर्मबल बढ्नेछ तथा सामर्थ्य वृद्धि हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्ने समय भएकोले बोलीमा सतर्कता अपनाउनु हितकर होला । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । परिणाममुखी काममा लगानी गर्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्ति र पारिवारिक सुख मिल्नेछ ।

सिंह – स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । रसरागको भाव वृद्धि होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – प्रेमभाव वृद्धि हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आज आर्थिक लाभ पनि प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृश्चिक – रोकिएका काम सम्पादन हुने समय छ । कसैसँग सामान्य विवाद पनि हुन सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे राम्रो हुनेछ । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । ऋण, रोग र शत्रुलाई परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज राम्रो होला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुने योग छ । सुख वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – धन वृद्धि हुनेछ । मान-महत्का साथै सुख बढ्नेछ । साहस वृद्धि हुनेछ । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आर्थिक पक्ष सबल नै छ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – पराक्रम बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्न सक्छ । पढाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्ने देखिन्छ । रसरागमा आकर्षण बढ्ला । यात्रा सफल हुनेछ । वार्तामा सफलता मिल्नेछ ।