आजको पञ्चाङ्ग एवम् राशिफल (२४ श्रावण २०८० बुधबार, ९ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ श्रावण २०८० बुधबार, ९ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २४ गते बुधबार तद्अनुसार सन् २०२३ अगस्त ९ तारिख अधिक श्रावणकृष्णपक्ष अष्टमी तिथि ८ः२८ पर नवमी तिथि भरणी नक्षत्र ६ः५५ पर कृतिका नक्षत्र वृद्धि योग तैतिल करण आनन्दादियोगमा काण योग चन्द्रमा मेष राशिमा १२ः५४ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः३१ बजे भयो र सूर्यास्त साँझ १८ः४६ बजे हुनेछ । विश्व आदिवासी दिवस ।

आजको राशिफल

मेष – आज केही चुनौतीयुक्त या अप्ठ्यारो परिस्थिति पैदा हुन सक्छ, तर पनि केही काम बन्नेछन् । समयको सदुपयोग हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । मानवर्द्धक काममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ ।

वृष – शुभता र अनुकूलता बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । मिहेनत अलिक पर्ला, तर उपयोगी कामहरू सम्पादन हुनेछन् । परिवारजनको सहयोग मिल्नेछ । आश मारेको काम पुनः बन्न सक्ने योग छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्ला । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ ।

मिथुन – आज केही चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न हितकर हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि रहला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – केही खर्च बढे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेमको बन्धन कसिने तथा दाम्पत्य सम्बन्धमा रमाउने समय छ । मिष्ठान्न भोजन प्राप्तिको योग छ । स्वास्थ्यका लागि आज खानपानमा सजग रहनु हितकर होला । आफ्नै लापर्वाहीले कुनै अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।

सिंह – बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । तर, काममा अरूको भरपर्दा काम रोकिन सक्छ, याद राख्नुहोस् । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । नयाँ ज्ञान सिक्ने अवसर जुर्ला । कतै आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।

कन्या – आफ्नो अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । पराक्रम वृद्धिका साथै पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । आफन्तको साथ र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

तुला – आरोग्यता वृद्धि र आर्थिक काममा आकर्षण बढ्ने दिन छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन्, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । खर्चको मात्रा बढेपनि चुनौती चिर्दै कार्य सम्पादन गर्न सकिएला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – व्यापारलगायत आर्थिक लाभसम्बन्धी काममा राम्रै फाइदा हुने समय छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । मान्यजन वा विशिष्ट व्यक्तिसँग बहसको सम्भावना छ, सावधान रहनुहोला । आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । आरोग्यता वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । प्रतिष्पर्धी परास्त होलान् ।

धनु – जथाभावी दिइएको बचनले अप्ठ्यारोमा परिने योग रहेपनि आजको दिन चुनौती चिर्दै अघि बढ्न सकिएला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलबाट जोगिनु हितकर हुनेछ । प्रेमभाव बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्ने समय छ । अनुकूलता बढ्नेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।

मीन – आरोग्यता र कर्मबल बढ्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । आफन्तको साथ कमै मिल्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।