आजको पञ्चाङ्ग एवम् राशिफल (२५ श्रावण २०८० बिहीबार, १० अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ श्रावण २०८० बिहीबार, १० अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण २५ गते तद्अनुसार सन् २०२३ अगस्त १० तारिख बिहीबार अधिक श्रावणकृष्णपक्ष नवमी तिथि ७ः५१ पर दशमी तिथि कृतिका नक्षत्र ७ः१ पर रोहिणी नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा लुम्ब योग चन्द्रमा बृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः४५ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन सामान्य धनलाभको योग छ, तर प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तजनमा आत्मीयभाव बढ्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । आमोदप्रमोदको माहोल बन्ने योग छ ।

वृष – व्यापारमा हुनेका लागि आज विशेष फाइदा प्राप्तिको समय छ । आयआर्जनका स्रोत बढ्नेछन् । परिवारजनका आवश्यकता पूरा हुने समय छ । मन प्रसन्न रहला । भौैतिक साधनहरू जुट्नेछन् । अध्ययन अध्यापनमा प्रगति होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । मान मिल्ने योग छ । रसरागमा आकर्षण बढ्ला । परिवारिक सुख बढ्नेछ । उत्साहपूर्ण दिन रहला ।

मिथुन – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा सन्तोष रहला । लामो यात्राको योग पनि रहेको छ । बन्धुबान्धवसँग असमझदारी बढ्ने सम्भावना रहेकोले सावधान रहनुहोला । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन आर्थिक कारोवार अति आवश्यक परेमात्र गर्नु हितकर हुनेछ । सकभर लेनदेनको मामला पन्छाउनुहोला । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ । खर्च बढ्ने योग छ । कुनै महत्वपूर्ण काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । नोकरीमा स्थानान्तरण हुने सम्भावना छ । मिठो भोजन प्राप्तिको योग छ ।

सिंह – कर्मबल र रचनात्मकता बढ्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ, तर हातमा आएका केही अवसर गुम्न सक्छन् । चोटपटकको योग भएकोले सवारी साधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । रसरागको भाव बढ्नेछ ।

कन्या – गरिएका कामको राम्रै मूल्यांकन हुने एवम् दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सावधान रहनुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला – आजको दिन प्रतिभाको उच्च मूल्यांकन हुनेछ । आँटेको काममा सफलता मिल्ला । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । मान-सम्मानमा चोट पुग्ने सम्भावनाप्रति सावधान रहनु बेस हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – मिश्रित फलदायी दिन छ । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहला । जिम्मेवारी बढेको अनुभूति होला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउने योग छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउला । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । रमाइलो भ्रमण हुने योग छ । शत्रु परास्त होलान् ।

धनु – मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्ला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । तर, स्वास्थ्यप्रति विशेष सजग रहनु हितकर होला । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । परिवारिक सुख बढ्नेछ । सन्तानपक्षले पनि सुख दिने योग छ । भ्रमणमा आकर्षण रहला, यात्रामा सफलता प्राप्त हुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – भागदौडधुप बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर रहला । टाढाको यात्रा हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई आजको दिन विशेष लाभ होला । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्ने योग छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । स्वास्थ्य सामान्य रहला । रसरागमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला ।