आजको पञ्चाङ्ग एवम् राशिफल (२७ श्रावण २०८० शनिबार, १२ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ श्रावण २०८० शनिबार, १२ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण २७ गते तद्अनुसार सन् २०२३ अगस्त १२ तारीख शनिबार अधिक श्रावणकृष्णपक्ष एकादशी तिथि ८ः८ पर द्वादशी तिथि मृगशिरा नक्षत्र ८ः४० पर आर्द्रा नक्षत्र हर्षण योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः४३ बजे हुनेछ । परमाएकादशी व्रत ।

आजको राशिफल

मेष – चुनौतीहरू स्वतः हट्ने र कर्मयोगद्वारा आम्दानीले पछ्याउने समय छ । साथ-सहयोग दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान वृद्धि होला । भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । पराक्रम, धन, सुख बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने दिन छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्ने सम्भावना पनि छ, धैर्यले काम लिने प्रयास गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । प्रतिकुलताका बाबजुद धेरैको भलाइ हुने काम गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिएला । अभिभावकजनको साथ–सहयोगले काम बन्ला । आरोग्यता रहनेछ । यात्रासम्बन्धी कार्यमा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त हुने योग छ ।

कर्कट – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुख–सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । व्यापारमा विशेष फाइदा होला । टाढाको यात्राको योग छ । स्वास्थ्य सबल रहने र काममा पनि फाइदा मिल्नेछ । रचनात्मकताको भाव वृद्धि हुनुका साथै मनोरञ्जन एवम् रसरागप्रति मन तानिएला । मित्रजनकोे साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – शुभता वृद्धिका साथै कर्मबल बढ्ला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्यजीवन रमाइलो रहला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – आजको दिन महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा कसैलाई वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रियजनसँगको भेटघाटले भने दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ मिल्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – ब्यस्तता बढ्ने समय भएपनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । भाग्यबल बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तुमा खर्च होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ, तर केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुपर्नेछ । धेरैको मन लोभ्याउन सकिने कर्म तपाईंबाट हुने योग छ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ । गल्तीबिनै आरोप लाग्न सक्ने योग छ । सरकारी कडिकडाउको सिकार भइने सम्भावना रहेकोले सचेत व्यवहार अपनाउनु हितकर होला । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – परिस्थिति तपाईंको लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । अरूको फाइदाका लागि उपयोग भइने योग छ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिएला, सजगता अपनाउनुहोला । दौडधुप बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य सार्थक होला ।

मीन – पराक्रम बढ्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइएला । रसरागमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।