खोलाले बगाउँदा बुबा-छोरा बेपत्ता

खोलाले बगाउँदा बुबा-छोरा बेपत्ता


दोलखामा खोलाले बगाउँदा बुबा-छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका-७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

गाउँनजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।

स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।