आजको पञ्चाङ्ग एवम् राशिफल (२९ श्रावण २०८० सोमबार, १४ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ श्रावण २०८० सोमबार, १४ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण २९ गते सोमबार तद्अनुसार सन् २०२३ अगस्त १४ तारिख अधिक श्रावणकृष्णपक्ष त्रयोदशी तिथि पुनर्वसु नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा धूम्र योग चन्द्रमा मिथुन राशिमा ५ः५१ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ ।

आजको राशिफल

मेष – विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आजको दिन गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुपक्ष परास्त होलान् ।

वृष – दिन शुभदायी छ । अनुकूलता र आरोग्यता बढ्नेछ । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । नाम, दाम र इनाम हातपार्ने समय छ । स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिएला । सन्तानसुख मिल्नेछ । रसरागको भाव वृद्धि होला ।

मिथुन – आजको दिन पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लाभ हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभूति होला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग पनि छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । यसका बाबजुद प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । नसोचेको अवसर प्राप्त हुन सक्छ, तर काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु हितकर हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला ।

सिंह – नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ भने रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । इर्ष्यालुजनबाट सतर्क रहनुहोला । रसरागको भाव वृद्धि हुने समय छ ।

कन्या – आजको दिन नयाँ कामको प्रस्ताव आउने तथा दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । धन आर्जनको योग छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – आजको दिन कर्मबल बवृद्धि होला ।आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । तर, सामान्य आम्दानी भइरहे पनि अर्थ अभावले सताउन सक्ने समय छ । छर–छिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला ।

वृश्चिक – समय सामान्य छ । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ग्र्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । महत्वपूर्ण योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ भने अरूको भरपर्दा धोका मिल्ने योग छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । कल्याणकारी कार्यमा सफलता मिल्नेछ ।

धनु – दौडधुप बढ्नेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ भने मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्ने समय भएकोले सावधान रहनुहोला । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागका कार्य तथा प्रेमजीवनमा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आर्थिक समस्या पनि पर्नुका साथै आफन्तजनसँग मनमुटाव हुन सक्ने दिन छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधान रहनु हितकर हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । देखापरेको समस्याको समाधान मिल्नेछ ।

मीन – तपाईंको कर्म र विचारले धेरैलाई प्रभावित पार्न सक्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।