आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य


नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।