भाषिक अभियानमा स्वास्थ्यमन्त्रीको साथ !

भाषिक अभियानमा स्वास्थ्यमन्त्रीको साथ !


हरदम जुझारू, आँटिलो र कर्मशील व्यक्तिका रूपमा परिचित काङ्ग्रेसनेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेकै दिनदेखि आम नागरिकको स्वस्थ्यलाई उच्च महत्वका साथ पुऱ्याउँदै आउनुभएको सेवाकार्यको चौतर्फी सह्राहना हुँदै आएको छ । उहाँको कार्यकालको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डबाट समेत स्वास्थ्यमन्त्री बस्नेतको कार्यक्षमताको उच्च मूल्याङ्कन भएको छ ।

यसै सिलसिलामा मातृभाषा बचाउ अभियानका अभियन्ता रामेश्वर राउत ‘मातृदास’ले प्रभावशाली मन्त्री बस्नेतसँग भेट गरी आफ्नो अभियानबारे जानकारी गराउनुभयो । प्रतिक्रियास्वरुप मन्त्री बस्नेतले देशको सार्वभौम अस्तित्वसँग अभिन्न रूपमा जोडिएको भाषामाथि ‘इम्बोष्ड’ आवरणको ‘एम्बुष्ड’रूपी पासो र ‘राष्ट्रिय परिचयपत्र’को नाममा सम्पूर्ण नेपालीहरूलाई परिचयविहीन बनाउने षडयन्त्रपूर्ण बेइमानीका विरूद्धमा समेत सरकारसम्बद्ध अन्य दलहरूको भूमिका प्रष्ट हुन अनिवार्य भएको र भाषिक एवं जनस्वास्थ्यका बीचमा घनिष्ट सम्बन्ध रहेको धारणाप्रति सहमति जनाउनुभयो ।

हाम्रो अस्तित्व र महत्व नै समाप्त भयो भने बाँकी के रहन्छ र ! भाषा कुनै दल र जातिसँग मात्र सीमित नभएकाले सम्पूर्ण जिम्दा नेपाली र दलहरूले उच्च प्राथमिकता दिएर आवश्यक कर्म गर्नु अनिवार्य रहेको अभियन्ता मातृदासको धारणा छ ।