भूउपयोग नियमावली पास, खुल्यो जग्गाको कित्ताकाट

भूउपयोग नियमावली पास, खुल्यो जग्गाको कित्ताकाट


मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भनेका छन्, ‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।’

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उनलाई पुरस्कृत गर्ने निर्णयसमेत मन्त्रिपरिषदले गरेको उनले जानकारी दिएका छन् ।