प्रहरीद्वारा अवैध मालसामान बरामद

प्रहरीद्वारा अवैध मालसामान बरामद


  • संजय कुशवाहा, नवलपरासी

पश्चिम नवलपरासीमा प्रहरीले ४ लाख ६८ हजार २ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

बुधवार प्रतापपुर गाउँपालिका वडा नं. ५ बैदौली बस्ने इन्द्रजित यादवको घरमा भन्सार छली ल्याएको अवैध मालसामानहरु लुकाइछिपाइ राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरी टोली, बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक सन्तोष सापकोटाको कमाण्डमा खटिएको टोली र राजस्व अनुसन्धान विभाग बुटवलबाट खटिएको संयुक्त टोलीले मालसामान बरामद गरेको हो ।

यादवको घरमा खानतलासी गर्दा डटपेष्ट (दाँत माझ्ने डावर मञ्जन) ६९ कार्टुन, गोलो एण्ड लभ्ली १२ कार्टुन र सानो कालो मटर ६३ बोरा अवैध रुपमा छिपाइराखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त मालसामान बरामद गरी आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान विभाग बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।