गजुरीमा पहिरो, पृथ्वीराजमार्ग खुलाउने प्रयास जारी

गजुरीमा पहिरो, पृथ्वीराजमार्ग खुलाउने प्रयास जारी


  • विकाश रौनियार

लगातरको वर्षातको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ गजुरीनजिकै सडकमाथिबाट लेदो सङ्गै आएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको छ ।

केही समयअघि अबरुद्ध बनेको राजमार्ग सुचारु गर्न पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन सडकमा जताततै पहरो काट्ने काम भैरहेकाले पनि सामान्य वर्षातमा पनि राजमार्ग छिन छिनमा विभिन्न स्थानमा अवरोध पैदा हुने गरेको छ ।
बाटो अवरुद्ध हुँदा काठमाडौ प्रवेश गर्ने र निक्लने सवारिसाधन जाममा पर्दैआएका छन् ।