आजको पञ्चाङ्ग एवम् राशिफल (१ भदौ २०८० शुक्रबार, १८ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ भदौ २०८० शुक्रबार, १८ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १ गते तद्अनुसार सन् २०२३ अगस्त १८ तारिख शुक्रबार श्रावणशुक्लपक्ष द्वितीया तिथि पूर्वाफाल्गुनी नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३८ बजे हुनेछ । भाद्रसंक्रान्ति, वल्केपर्व, कीर्तिपुरमा बागभैरव यात्रा ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । तर, दिनको पछिल्लो प्रहर केही समस्या देखा पर्न सक्छन्, सावधान रहनुहोला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । प्रेमभाव बढ्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।

वृष – रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव बढ्नेछ । आत्मविश्वास बढ्नेछ । पुरानो समस्याले झमेला आइलाग्ने योग रहेकोले सावधान रहनुहोला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । दौडधुप बढ्नेछ । यात्रापरक काम बन्नेछ भने रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

मिथुन – पराक्रम बढ्नेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनु हितकर होला । व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । पुराना समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनमा मन रमाउला । तार्किकताले सम्मान दिलाउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आरोग्यता र रचनात्मकता बढ्ने समय भएपनि अरूको फाइदाका लागि उपयोग भइने समय छ । काममा रोकावट र कममात्र फाइदा मिल्ला । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिनेछ । आर्जित धन खर्च हुन सक्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । रसरागको भाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या – नयाँ काममा हात हाल्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, तथापि बाध्यतामा अलमलिनुपर्दा काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताउन पनि सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । पारिवारिक सुख शान्ति भने बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।

तुला – रचनात्मक काम सुरु गर्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । धनलाभको योग छ । आयबल वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर होला । दिन रमाइलैसंग बित्नेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ तर अरूको फाइदाका लागि उपयोग भइएला । स्वास्थ्यका लागि आजको दिन मसलाजन्य खानाबाट एकदमै सावधान रहनुहोला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि मिल्न सक्छ । साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने योग रहेकोले सावधान रहनुहोला ।

धनु – सोचेको काम सफलतापूर्वक सम्पन्न होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – भूमि तथा मातृधनबाट लाभ लिने समय छ । पारिवारिक जमघटमा मन रमाउनेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् भने पराक्रम र उत्साह बढ्नेछ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर मिल्ला । महत्वाकांक्षी योजना फलीभूत होलान् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । धन आर्जन गर्ने योग छ । उद्योग र व्यापारमा विशेष फाइदाको होला । दामपत्यसुख बढ्नेछ । आरोग्यता बढ्ला ।

मीन – काममा बाधा परे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा राम्रै फाइदा होला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । सहयोगीहरूबाट अलि धोका पाइने र अध्ययनमा पछि परिने सम्भावना छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।