आजको पञ्चाङ्ग एवम् राशिफल (२ भदौ २०८० शनिबार, १९ अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ भदौ २०८० शनिबार, १९ अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० भाद्र २ गते शनिबार तद्अनुसार सन् २०२३ अगस्त १९ तारिख श्रावणशुक्लपक्ष तृतीया तिथि उतराफाल्गुणी नक्षत्र सिद्धि योग तैंतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३७ बजे हुनेछ । वराहजयन्ती ।

आजको राशिफल

मेष – आजको दिन विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता पनि मिल्नेछ । तर, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने योग छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । मान, सुख वृद्धिका लागि नयाँ सम्भावना देखापर्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आम्दानी बढ्ने र परिवारजनका आवश्यकता पूरा हुने समय छ । दिगो फाइदाका लागि गर्दै आएको काममा लगानी बढाउन सकिनेछ । तर, नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने योग छ, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ । सन्तानसुख मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक दायित्व पनि बढ्ला । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति हुने समय छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्न सकिनेछ । आशा उत्साह र आरोग्यता वृद्धि होला । प्रयासरत काम बन्नेछ ।

कर्कट – पराक्रम वृद्धि हुनेछ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । व्यापारमा विशेष फाइदा हुनेछ भने अरूलाई प्रभावित पारेर इनाम तथा प्रतिष्ठा कमाउने समय छ । कामले कीर्तिमानी दिलाउने सम्भावना छ । तथापि, सहयोगीहरूको भर पर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि हुनेछ ।

सिंह – अरूका लागि बुद्धि खर्चनुपर्ने समय छ । स्वास्थ्य केही कमजोर रहला । मुख्य काममा बाधा हुने देखिन्छ । तथापि, चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । प्रतिष्पर्धी परास्त होलान् । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद, भ्रमण आदिमा आकर्षण बढ्नेछ । रसरागको भाव वृद्धि होला ।

कन्या – आजको दिन चुनौतीपूर्ण रहला । परिस्थितिले अप्ठ्यारो मोडमा पु¥याउन सक्छ । आफन्तजन टाढिएलान् । प्रतिस्पर्धामा केही कमजोर सावित भइने योग भएपनि शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ भने यात्रामा विशेष लाभ होला । साझेदारीको काम बन्नेछ ।

तुला – व्यवसायमा लगानी बढाउन सके राम्रै आम्दानी हुने समय छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने समय छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुनेछ । मान सम्मान मिल्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – दिन उत्साहपूर्ण रहनेछ । कर्मले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । सवारी साधन उपयोग गर्दा चाहिँ आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । शुभता वृद्धि हुनेछ । सकारात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

धनु – आजको दिन टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तपाईंका कामको धेरैले तारिफ गर्नेछन् । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । विशेष योजनाहरू पनि बन्नेछन् । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ, सावधान रहनुहोला । दायित्व बढ्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – सोचेभन्दा कम फाइदा मिल्ने दिन छ । केही विवादमा समेत परिने म्भिावना रहेकोले सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । तथापि, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ । रसरागपूर्ण कार्य तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुने समय छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । अवसर आए पनि मौकामा लाभ उठाउन निकै कसरत पर्नेछ । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ । तर, मुद्दा–मामिलामा विजयी भइनेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि हुनेछ । यात्रापरक काम सफल होला ।

मीन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । मित्रजनको सहयोगले हिम्मत बढ्ला । अधिकारका लागि केही संघर्ष हुने योग छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नाले परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ, तथापि अन्ततः विजयी बन्नुहनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।