आजको पञ्चाङ्ग एवम् राशिफल (३ भदौ २०८० आइतबार, २० अगस्ट २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ भदौ २०८० आइतबार, २० अगस्ट २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ३ गते तद्अनुसार सन् २०२३ अगस्त २० तारीख आइतबार श्रावणशुक्लपक्ष चतुर्थी तिथि हस्ता नक्षत्र साध्य योग वणि करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३६ बजे हुनेछ ।

आजको राशिफल

मेष – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय भएपनि आजको दिन अध्ययन–अध्यापन र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । यसका बाबजुद कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समयछ छ । अप्ठ्यारो काम बन्ला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा र खर्च बढ्ने योग रहेकोले सचेत रहनु हितकर होला । पारिवारिक समस्याको समाधान होला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – ब्यस्ततासँगै आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । व्यापारमा राम्रै फाइदा होला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइने योग छ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।

कर्कट – भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । अतिथिका रूपमा सम्मान पाइने योग पनि छ । तथापि, आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । रसरागमा आकर्षण बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्ला ।

सिंह – आजको दिन मेहनतले धेरैको विश्वास जित्न सकिने छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सामान्य तवरले अस्वस्थताको अनुभूति होला, तर कामको दायित्व भने बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलता प्राप्त होला ।

कन्या – महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्ने दिन भएपनि समयमा होसियार बन्न नसक्दा काममा बाधा पुग्ने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएर काममा उत्साह जागृत होला । सन्तानको सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – विभिन्न अवसरले पछ्याउने र भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । नसोचेको ठाउबाट धनको लाभ हुने योग छ । साथै ब्यापार ब्यबसायमा पनि लाभ हुने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आयबल वृद्धि र दाम्पत्य सुखको योग छ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।

धनु – प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । टाढिएका आफन्तहरू नजिकिन सक्छन् । स्वास्थ्यको लागि आज खानपानमा विशेष सावधान रहनु हितकर हुनेछ । अरूका काममा समय बित्ने योग छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धी परास्त होलान् । तर, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विचार पु¥याएर काम गर्नुहोला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणबाट पन्छिने प्रयास गर्नु हितकर होला । साहसका साथै आरोग्यबल बढ्ने समय छ । मिठो भोजन प्राप्त होला।

कुम्भ – पराक्रम र उत्साह बढ्नुका साथै राम्रैसँग धन आर्जन गर्ने अवसर जुर्ला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ तर मौकाको फाइदा उठाउन विशेष विवेक लगाउनु आवश्यक छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेषसावधानी अपनाउनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नुका साथै बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । आजको दिन सोचेको काममा सफलता प्राप्त हुने र द्रब्य प्राप्ति हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सफलताका लागि गरिएका प्रयत्न खेर जाने छैनन् । आरोग्यताका साथै रसरागमा आकर्षण बढ्ला । यात्रा सफल हुनेछ ।